माओवादी जनयुद्धको झल्को दिने गरी छाप्रेमा जनसभा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको जनता संग माओवादी रुपान्तरण कार्यक्रम अन्तरगत समिक्षा सहित समापन गर्ने क्रममा मंगलवार छाप्रेमा जनसभा गरिएको  छ । तिलागुफा नगरपालिका स्तरिय समिक्षा सहित जनसभ गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सुदस्य तथा अभियानका कालीकोट जिल्ला इन्चार्ज टेक बहादुर वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी नेताहरुले अभियानले जनता र नेता कार्यक्रतामा सम्बन्ध बढाउनुका साथै उर्जा थपेको बताए । जनयुद्दको शैली जस्तै ठाउँ ठाउँ बाट नारा जुलुस सहित समुदायके बाक्लो उपस्थिति रहेको जनाइएको छ।

सो जनसभामा माओवादी जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई ( शैलेन्द्र ), तिलागुफा नगर इन्चार्ज लक्ष्मिकन्य बुढा, प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउ पालिका प्रथम अध्यक्ष खड्गराज सेजुवाल ( विश्व प्रकाश ) लगाएतका नेताहरुले सम्बोधन गरेको नगर कमिटी अध्यक्ष प्रेम पाण्डेले बताए । कार्यक्रम भएको वडाको जिम्मेवारी विश्वप्रकाश रहेका थिए।

अहिले जिल्ला स्तरमा अभियानको समिक्षा सहित पौष ११ गते अभियान सम्पन्ने गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित