कालीकोट । शुभकालिका ५ निवासी विष्णु शाहीको आज शुक्रवार भेरी नदिमा अन्त्येष्टि गरिएको छ । कालीकोटको शुभकालिका गाउ पालिका स्थित मुग्राह स्वास्थ्य चौकीमा कार्यरत अनमि शाही घरायसी काम गर्दै गरेको अवस्थामा भिरबाट लडेर गम्भिर विरामी पररेर कर्नाली प्रदेश अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको थियो ।
हिजो विहवार अस्पताल ले मृत घोषणा गरेपछि आज मेरी नदिमा अन्तिम दाहसंस्कार गरिएको हो। भेरी नदिमा अन्तिम दाहसंस्कारको क्रममा नेकपा(एमाले ) नेता कुर्मराज शाहीले मृतक शाहीको पार्थिव शरीरमा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेको बताइएको छ।
शाहीको असामयिक निधनले शुभकालिका गाउँ पालिका, स्वास्थकर्मि संघ संगठनले शोक विज्ञप्ती निकाल्दै दुख व्यक्त गरेका छन।
Discussion about this post