कृषि पकेट क्षेत्र र विउ बैंक स्थापना गरी कृषिमा आत्मनिर्भर बनाउछौं —वडाध्यक्ष डबल बोगटी

7
SHARES
15
VIEWS

कालीकोट,असार ।स्वस्थ्य, शिक्षा,र सरसफाईमा व्यवस्थापन गर्दै कृषि व्यवसाय मार्फत रोजगारको ग्यारेन्टि गर्ने योजनामा आफुले पहिलो प्राथमिकतामा राखेको वडा अध्यक्ष डबल बोगटीले बताउनु भएको छ ।

रास्कोट नगरपालिकाको वडा न. ९मा समुदायहरुलाई कृषि पेशा मार्फत आत्मनिर्भर बनाउने र कृषिमा विउ बैंक स्थापना गर्ने बताउदै वडाका अगुवा कृषकहरुलाई परिचालन गरी कृिष उत्पादित वस्तु, विउ विजनहरु रास्कोट नगरपालिका र जिल्लामा लिने वातावरण तयार गरिने बताउनु भएको छ । यस अघि शिक्षा,सडक र खानेपानिमा जोड दिदै आएको भएपनि आउने वर्षमा कृषि क्षेत्र मार्फत पकेट र व्लकका रुपमा विकास गरेर अगाडी बढ्ने हो ।

अहिले वडाका सबै वस्तिमा तिन वटा सिचाई कुलाहरुको मर्मत सम्भार गरेका छौं ।


वडामा कृषकहरुले ५० हजार बढि विभिन्न विरुवा बाह्य क्षेत्रमा पैठारी भएका छन भने कृषि क्षेत्रमा नर्सरी अनुदान,ओखर व्लक र सिमि व्लकका रुपमा अगाडी बढाएको बताइएको छ वडा स्तरका माथिल्लो क्षेत्रमा सिमि र स्याउ उत्पादनलाई विशेष जोड दिएका छौं ।
त्यसै गरी कयौं लामो समय देखि हरेक सुविधाबाट पछि परेको गाँखेत वस्तिमा स्वस्थ्य इकाई भवन निर्माण गर्नुका साथै वालविकास कक्षालाई एक सम्मको अनुुमति दिएको र बर्थिंङ सेन्टर निर्माण गरी वडाका सबै वस्तिका कुनै पनि महिला घरमा सुत्केरी नहुने बनाएका छौं । विद्यालयमा वालमैत्रि खानेपानिका सामुहिक धारा सहित सेनिटरी प्याड विर्साजन स्थल तथा युरनल प्यान सहितको सांचालयको स्थापना गरिएको बताइएको छ ।


त्यसैगरी वडाध्याक्ष बोगटीले वडामा १६ किलोवाट क्षमताको माइक्रो हाइड्रो संचालनमा ल्याई सबैको घरमा विद्युत बाल्ने तयारीमा छौं । वहाँ.ले भन्नु भयो अहिले पोतमाराको विद्युतबाट १ सय घरमा वत्ति बलेको भएपनि सबै घरधुरीमा बत्ति बाल्ने तयारी रहेको छ ।
नगरपालिकाले बनाएका हरेक योजनाहरुलाई वडा स्तरमा नमुनाका रुपमा बनाउनका लागि समुदाय स्तरबाट सहयोग पुगेको र जनस्तरबाट अपेक्षा गरे अनुसारका योजना छनोट गर्दै आएकाले यस वडामा नमुना कार्य भएको र आगामी दिनमा अझै नमुना बनाउनका लागि आफु सदाबहार लागि परेको वडाध्याक्ष बोगटीले दावि गर्नु भएको छ ।

आरसिपि बजार हुंदै थोल्म सम्म र बडिमालिका हुंदै गांखेत सम्मको सडकको काम भएकोले सडकको पहुंचमा समुदाय पुगेको त्यसको स्तर उन्नतिका लागि योजना बनाइएको छ । रिंङ्ग रोडको अबधारणा अनुसार सडक विस्तार हुने छ । तत्कालिन नेकपा(एमाले)बाट विजयि वडा अध्यक्ष डबल बोगटी नेकपा कालीकोटको जिल्ला सदस्य समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित