पचालझरनाको केन्द्र पणेक्षामा भौतिक पूर्वाधार संरचना बन्दै

7
SHARES
15
VIEWS

कालीकोट, असार ।पचालझरना गाउँ पालिकाको केन्द्र रहेको पणेक्षामा पूर्वाधारका संरचना बन्न थालेका छन । पहिलो पल्ट माटो परिक्षण(ल्याव)को भवन बन्न थालेको छ ।

त्यस संगै महिला संजालको भवन समेत निर्माण कार्य शुरु भएको बताइएको छ । कर्नालि प्रदेश सरकारको मुख्यमन्त्रि दलित महिला आयआर्जन कार्यक्रम पुर्वाधार निर्माण अन्तरगतको ३ लाख ९१ हजार बजेट र कृषि शाखा पचालझरनाको २ लाख बजेटमा भवनको शुरुवात गरिएको पचालझरना गाउँ पालिका उपाध्याक्ष तारा न्यौपानेले बताउनु भएको छ ।

यस अघि पणेक्षामा भौतिक संरचनाको अभावमा कार्यालयहरुको काम हुने नहुने अलमलमा परेका समुदायहरुलाई ढुक्कता पैदा भएको बताइएको छ । आज कृषि शाखा प्रमुख परेक बहादुर शाहीले स्थलगत अध्ययन गरी भवन निर्माण समयमै गरी माटो परिक्षणको लागि आर्थिक वर्ष २०७७।०७८मा सम्पन्ने गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले टहरा निर्माण गरेर भएपनि आउदो दशै सम्म पणेक्षामा गाउँ पालिकाका काम कार्वाही शुरुवात गर्ने यस अघि बताइ सक्नु भएको छ ।

पचालझरना गाउँ पालिका केन्द्र विन्दु पणेक्षामा यस अघि केन्द्र राख्ने बारेमा सर्वसम्मत भएको थियो । अहिले त्यस आसपासका क्षेत्रमा सडक,विद्युत र लिप्ट सिंचाइको काम भइरहेको गाउँ पालिकाले जनाएको छ ।

यस अघि हुरेण्डेक कालीकोटले हाइटेक नर्सरीको संरचना निर्माण गरिसकेको र अन्य भौतिक संरचनाहरु निर्मााण कार्या तिव्र पारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित