Skip

News Portal

  • माघि पर्वलाई उत्सवका रुपमा लिनुपर्छ -पचालझरना उपाध्यक्ष बम

    रुपेन्द्र ऐडी१ माघ
    २५६ पटक
    १ माघ

    कालीकोट । माघि पर्वको अवसरमा पचालझरनामा देउडा खेल गरिएको छ।

    पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना वम सेजुवालको पहलमा जारकोट बजारमा देउडा खेल गरिएको हो। सो देउडा खेल तथा नाचगानलाई उत्सवका रुपमा निरन्तरता दिने बताउदै पचालझरना उपाध्यक्ष वमले सो कुरा बताएकी हुन ।

    उनले माघि लगाएतका परम्परागत संस्कृतिको जर्गेनाका लागि स्थानिय सरकार लागि पर्ने बताउदै यस वर्ष शुरुवात मात्र भएकाले आगामी वर्ष व्यवस्थित गरेर अघि बढ्ने बताएकी छन। माघिका अवसरमा जम्मा भएकी महिलाहरुले देउडा मार्फत आफ्ना कला प्रस्तुत गरेको बताइएको छ ।

    महिलाहरुले आगामी बर्षमा पालिका स्तरमा विविध झाँकी सहितको खेल आयोजना गर्न अनुरोध गरेकी छन। पहिलो बर्ष प्रचार प्रसारको अभावमा न्यून उपस्थिति भएको र आगामी वर्ष विशेष जोड दिने बताइएको छ।

    प्रतिकृया दिनुहोस्