प्रेस सेन्टर नेपालले प्रचण्डको उपस्थितिमा यति धेरैलाई सम्मान गऱ्यो

7
SHARES
15
VIEWS

विरगंज । प्रेस सेन्टर नेपालकाे २० ओैं स्थापना दिवस र राष्ट्रिय परिषद् बैठक विरगंजमा सम्पन्न भएको छ । माघ १३ देखि १५ गते सम्म भएको बैठक पछि आज विभिन्न कार्यक्रम गरी समापन भएको हो ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा र पार्टी उपाध्यक्ष तथा संगठनका इन्चार्ज अग्नी सापकोटाकाे विशेष आतिथ्यतामा बीरगञ्जकाे टाउन हलमा सम्पन्न कार्यक्रममा सम्पन्न भएको हो । सो कार्यक्रममा विभिन्न विद्यामा सम्मान समेत गरिएको छ ।

जसमा उत्कृष्ट प्रदेशकाे रूपमा लुम्बिनी प्रदेश समितिलाई नगद १५ हजारसहित सम्मान गरिएका छ भने उत्कृष्ट जिल्लाकाे रूपमा पर्सा जिल्ला समन्वय समितिलाई नगद रू. १० हजारसहित, र उत्कृष्ट १० जना क्रियाशील पत्रकारलाई नगद रू ५ हजारसिहत पुरस्कृत र सम्मानित गरिएको केद्रिय अध्यक्ष विष्णु सापकोटले जानकारी दिएका छन् ।

त्यसैगरी महाधिवेशन सम्पन्न गरेकाेमा चितवन जिल्ला, साधारणसभा सम्पन्न गरेकाेमा काठमाडौं जिल्ला समिति र राष्ट्रिय परिषद् बैठक सम्पन्न गरेकोमा कदरपत्रसिहत सम्मानित गरिएको छ । प्रेेस सेन्टरले सम्मानको कार्यक्रम पहिलो पटक राखेको हो । उक्त कार्यक्रमले पत्रकारहरुमा उत्साह  जगाउने काम गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित