पहिरोका कारण ४को मृत्यु ,१० वेपत्ता

7
SHARES
15
VIEWS

काठमाडौं । गणडकी प्रदेशका विभिन्न ठाउँमा २५ असार राति गएको बाढी र पहिरोबाट चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। अरु आठ जना घाइते छन्।

भारी वर्षापछि ती ठाउँमा कतै बाढी र कतै पहिरो गएको हो। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार लमजुङको वेसीसहरमा पहिरोबाट तीन जनाको मृत्यु भएको छ।

त्यसैगरी कास्कीमा पनि विभिन्न ठाउँमा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ भने आठ जनाको जिवितै उद्धार गरिएको छ। त्यहाँ हेम्जा, सारङ्कोट लगायत स्थनामा पहिरो गएको छ।

उता म्याग्दीको धवलागिरी गाउँपालिकामा पहिरोले घर बगाउँदा १० जना वेपत्ता छन्। उनीहरुको खोजी जारी छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नारायणी जलाधारको नवलपरासी, चितवन, तनहूँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास गएको २४ घण्टामा भारी वर्षा भएको छ। नारायणी र सहायक नदीको जलसतह बढ्दो क्रममा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित