जाजरकोटमा पहिरोले १ जनाको मृत्यु ११ वेपत्ता,उद्धार कार्यमा ढिलाई

7
SHARES
15
VIEWS

जाजरकोट । बोहरागाउँमा गएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने, ११ जना बेपत्ता भएका छन् ।बारेकोट गाउँपालिका–४ शार्की टोलमा गएराति पहिरो गएको हो । उक्त पहिरोले सार्की टोलका गोपाल सार्की र कलु सार्कीको पुरै घर बगाएको छ भने, अन्य तीन वटा घरमा सामान्य क्षेति पुगेको बताएका छन् ।

पहिरोले बेपत्ता भएका १२ जना मध्ये एक जनाको सव देखिएको तर, निकाल्न नसकिएको बताइएको छ । बारकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द बहादुर सिंहका अनुसार टाढाबाट हेर्दा आधा शरिर पुरिएको अबस्थामा पहिरोमा देखा परेको लास सनाखत हुन सकेको छैन ।

पहिरोमा बेपत्ता हुनेहरुमा ५२ बर्षीय गोपाल सार्की, उनकी ५० बर्षिय श्रीमती पुष्षा सार्की, १३ बर्षिय छोरी लक्ष्मी सार्की, ११ बर्षिय छोरा अर्जुन सार्की रहेका छन् । त्यस्तै कलु सार्की, उनकी १४ बर्षिय छोरी तिर्खा सार्की, ११ बर्षिय छोरी कमला सार्की, ६ बर्षिय छोरा सुभाष सार्की पहिरोमा परि वेपत्ता भएको बारेकोट गाउँपालिकाले जानकारी दिएको छ ।

त्यसै गरी कुशे गाउँपालिका–९ चौराँटाबाट सार्कीटोलमा पाहुना गएका २० बर्षिय डिल्ली सार्की, १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की, १८ बर्षिय विरेन्द्र सार्की पनि उक्त पहिरोमा परेर बेपत्ता भएका छन् । उक्त पहिरोमा परेर कुशे गाउँपालिका–९ चौराटाका ४ जना वेपत्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय रामिडाँडा, नायकवाडा, लिम्सा र सक्ला प्रहरी चौकीबाट घटना स्थलतर्फ नेपाल प्रहरीको टोली गईरहेको प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित