कालीकोट । जिल्लाको रास्कोट नगरपालिकामा एकिकृत नमुना वस्तिको शुभारम्भ भएको छ ।
रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा शाही बमले तगरपालिकाको वडा न. ६ र ७मा रहेको वस्तिलाई लक्षित गरी एकिकेत नमुना वस्तिको शुभारम्भ गर्नु भएको हो ।
रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालका अनुसार रास्कोट नगरपालिकाले गरेको निर्णय अनुसार एकिकृत वस्तिका लागि सडकको कामबाट शुरुवात भएको बताउनु भएको छ । वहांका अनुसार उक्त वस्तिका सब समुदायलाई एकिकृत नमुना वस्तिमा ल्याउने र सोही अनुसार कृषि उत्पादन तथा बजारीकरणलाई जोड दिन लागिएको बताउदै आगामी वर्ष नमुना वस्ति नमुना भएरै छाड्ने बताउनु भएको छ ।
अहिले सडक विस्तारका लागि कर्नालि प्रदेश सरकारको ५० लाख लगानिमा सडक विस्तार गरिने भएको हो । उक्त सडक नगरपालिकाको चक्रपथको रुपमा विकास गरेर लैजाने बताइएको छ ।
Discussion about this post