साहित्यकार चित्र सिंह गाउँले सहित श्रष्टा सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । साहित्य क्षेत्रमा योगदान गर्ने श्रष्टा सम्मानित भएका छन । कालीकोट जिल्लामा आयोजित एक कार्यक्रममा साहित्यकार चित्र सिंह ‘गाउले’  सहित तिन जना श्रष्टा सम्मनित भएका हुन । लाेकवार्ता परिषद् नेपालले आयोजना गरेकाे कार्यक्रममा कला सस्कृति तथा साहित्य  क्षेत्रको संरक्षण र प्रवद्धनमा योगदान वापत शालि अधिकारी, विहानी विक सम्मानित  भएका हुन ।लाेकवार्ता परिषदकाे १३ औँ लाेकवार्ता सङ्गाेष्ठी कार्यक्रममा साहित्यकार तर्फ गीत,गजल, गायन तथा देउडा दोहरी का साथै कर्नालीको संस्कृति जगेर्नामा विशेष योगदान दिने  व्यक्तित्वलाई सम्मान गरिएको परिषदका संयोजक मोतीराज बमले बताए । सो कार्यक्रममा सम्मानित भएकोमा कलाकार शान्ती अधिकारीले  आमाको साथमा सम्मान थाप्न पाउँदा धेरै खुसि लागेको बताउँदै  हाम्रो ठाउँ (कर्नाली)काे संस्कृतिकाे खाेज अध्यायन अनुसन्धान गर्ने जिम्मेवारी थपिएकाे समेत प्रतिक्रिया दिएकी छन ।

।सम्मानित चित्र सिंह ‘गाउँले ‘ ले कर्नालीको कला साहित्य क्षेत्रको संरक्षणका लागि सम्मान गर्ने आयोजकलाई धन्यवाद दिदै सबै क्षेत्रबाट कर्नालीको संस्कृति जोगाउन लागि पर्नु पर्ने बताउँदै सिंहले आगामी दिनमा यि यस्ता कार्यक्रम निरन्तरता दिनु पर्नेमा जोड दिएका छन ।

सो कार्यक्रममा कर्नाली प्रदेश सभाका सदस्य (सांसद) हिक्मत विष्टले साहित्य क्षेत्र मनोरञ्जन मात्र नभएर पहिचान भएकाले सबै ठाँउबाट विशेष तरिकाले सोच्नु पर्ने बेला आएको बताउँदै यसको जिम्मेवार अहिलेका युवा भएको बताएका छन । सांसद विष्टले विगतको संस्कृति हराउदै जाने र बाह्य संस्कृतिको नक्कल हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन । सो कार्यक्रममा साहित्य क्षेत्रको विगत र वर्तमान सम्बन्धि कार्य पत्र समेत प्रस्तुत गरिएको बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित