जुम्लामा नेकपा(माओवादी केन्द्र)मा साढे पाँच सय बढि प्रवेश,प्रचण्डले गरे स्वागत

7
SHARES
15
VIEWS
कालीकोट । नेकपा(माओवादी केन्द्र) जुम्लाले आयोजना गरेको बृहत आमसभा पाँच सय बढिले माओवादीमा प्रवेश गरेका छन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्बोधन गरेको जनसभामा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गरेका हुन ।
जुम्ला जिल्लाको सिंजामा गरिएको जनसभामा धनबहादुर कामी, निर्वाचित स्वतन्त्र वडा अध्यक्ष तथा नेकपा(एमाले) पूर्व जिल्ला कमिटी सदस्य दल कुलाल (स्वतन्त्र निर्वाचित वडा सदस्य तथा नेपाली कॅाग्रेश, पूर्व इकाई सभापती,चनाखी कुलाल, स्वतन्त्र निर्वाचित वडा सदस्य राजबहादुर खत्री लगाएतका नेताहरु माओवादीमा प्रवेश गरेको नेकपा(माओवादी केन्द्र) जुम्लाले जनाएको छ ।
नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीका अनुसार एमालेबाट रामबहादुर शाही,रामबहादुर हमाल,मानवहादुर शाही,नेपालि कॅाग्रेसबाट धनप्रसाद उपाध्याय,लाल प्रसाद उपाध्याय, विरजित दमाइ,एकिकृत समाजवादीबाट करविर वड,स्वतन्त्रका तर्फबाट राजबहादुर कामी ,नेपाल मजदुर किसान पार्टीबाट रतन कामी लगाएत ५ सय बढिले प्रवेश गरेका हुन ।
सो कार्यक्रमलाइ सम्बोधन गर्द अध्यक्ष प्रचण्डले सिजा सभ्याताका लागि आफु प्रधानमन्त्रि सिजा सभ्यता पहिचानका लागि काम गरेको दावि गर्दै आगामि दिनमा त्यसलाई पूर्णता दिन लागि पर्ने बताएका थिए । नव प्रवेशिहरुलाई स्वागत गर्दै अबको जुम्ला माओवादीले मात्र सहि ढंगले अघि बढाउने दावि समेत गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित