पचालझरनामा सिकाइ उपलब्धि सफल पार्न शैक्षिक रुपान्तरण शुभारम्भ

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले शैक्षिक रुपान्तरणका लागि अभियान थालेको छ । पचालझरना गाउँ पालिका शिक्षा तथा युवा शाखाले आयोजना गरेको शैक्षिक रुपान्तरण अभियान ंसंचालन गरेको हो । पचालझरना गाउँ पालिकाको शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्नका लागि अभियानको थालनि गरिएको बताइएको छ ।

शिक्षा शाखा प्रमुख नमराज शाहीका अनुसार पचालझरनामा हरेक शिक्षकहरुले आफुले पठान पाठन गर्ने विषयगतमा ६० प्रतिशत शिक्षण सिकाई कायम गर्ने गरी अभियानको थालनि गरिएको बताएका छन । शनिबार एक कार्यक्रमका विच पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम, प्रथम अध्यक्ष खडगराज सेजुवाल तथा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीको उपस्थितिमा अभियानको थालनि गरिएको हो । पचाल झरनाका २७ वटा सामुदायिक विद्यालयहररुका प्रधानध्यापक र शिक्षा शाखा विच सम्झौता भएको बताइएको छ । सो कार्यक्रममा अध्यक्ष देबराज शाहीले कर्नाली प्रदेश अर्गानिक बनाउन सकिने तर विद्यालय किन अर्गानिक बनाउन नसकिने प्रश्न गर्दै सबै लागि परौं सम्भावना रहेको बताए । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विभिन्न संघ संगठनका प्रतिनिधिले अभियान फलदायि हुने विचार राखेका थिए ।

पचालझरना गाउँ शिक्षा समितिले सबै विद्यालयका प्रधानध्यापक संग शिक्षण सिकाइका लागि कार्यसम्पादन सम्झौता गरेको र सोही अनुसार हरेक विद्यालयले विषयगत शिक्षक संग ६० प्रतिशत सिकाइ उपलब्धि हांसिल गर्ने गरी सम्झौता गरिने बताइएको छ । सो कार्यक्रममा सहभागि शिक्षकहरुले शैक्षिक गुणस्तर कायम गर्न भौतिक संरचना आवश्यक सामाग्रि लगाएतको व्यवस्था गर्न समेत अनुरोध गरेका छन ।

कालीकोटको पचालझरना गाउँ पालिकाले स्थानिय पाठ्यक्रम निर्माण गर्ने पहिलो गाउँ पालिका हो । जुन पाठ्यक्रममा जनयुद्धका बारेमा शिक्षण सिकाई शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित