हिमचुली सहकारीले कर्जा नतिर्ने सदस्यको नाममा ३५ दिने सुचना जारी गर्यो

7
SHARES
15
VIEWS

कालीकोट । छोटो समयमा सदस्यहरुको मन जित्न सफल रहेको कालीकोटको एक मात्र व्यवसायि संस्था हिमचुलि कृषि सहकारी संस्था लिमिटेडले कर्जा लिएर लामो समय भुक्तानि गर्न आनाकानि गर्ने सदस्यहरुलाई ३५ दिने सुचना जारी गरेको छ । संस्थाको कर्जा विभागले बैशाख ३० गते देखि अषाढ दोस्रो साता सम्मका लागि आ आफ्नो नाममा तोकिएको भाखा अवधि भित्रको कर्जा तिर्न सुचना जारी गरेको छ ।

संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार संस्थाका सदस्यहरुले विभिन्न व्यवसायका लागि कर्जा लिएको तर पछिल्लो समय सम्पर्क विहिन भई किस्ता तिर्न आनाकानि गरेकाले ति सदस्यहरुलाई पहिलो पटक ३५ दिने सुचना जारी गरेको बताए ।
आचार्यका अनुसार तोकिएको समय भित्र आफ्नो भाखा नाघेको कर्जा चुक्ता नगरेमा निज सदस्य र समुह वा धनजमानि बसेका समेतको फोटा सहित तिन पुस्ते नामावलि कालो सुचिका लागि पत्रपत्रिकामा सार्वजनिक गरिने बताएका छन ।
हाल सहकारी संस्थाका १४ हजार बढि सदस्यहरु आवद्ध रहेको हिमचुलि कृषि सहकारी संस्था लि.मा ३४ करोड बढि कर्जा प्रवाह रहेको छ भने जिल्लाभर ११ वटा सेवा कार्यालयमा वित्तिय तथा गैरवित्तिय कारोबार हुंदै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित