सिंगो कर्नालीको नेतृत्व हिमचुली सहकारीले गरेको छ -मन्त्रि रावत

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रि दुर्ग बहादुर रावतले कालीकोट जिल्लाको सहकारी क्षेत्रको अगुवाइ गरेको हिमचली कृषि सहकारी संस्था लि . सिंगो कर्नालीको लागि अगुवाइ गर्ने बताएका छन ।

हिमचुली कृषि सहकारी संस्था लि .ले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्रि रावतले सो कुरा बताएका हुन । मन्त्रि भइसके पछि पहिलो पटक गृह जिल्ला कालीकोट आइपुगेका मन्त्रि रावतले आफूले मन्त्रालयबाट सहकारीको निम्ति गर्ने सम्पूर्ण सहयोग गर्ने बताउँदै सिंगो कालिकोटका समुदायका लागि थालेको अभियान प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन । हिमचुली कृषि सहकारी संस्था लि. कालीकोटका अध्यक्ष काली बहादुर महताराले संस्थाको पछिल्लो अवस्थाको वित्तिय तथा गैर वित्तीय कारोवारका साथै समग्र संस्थाको जानकारी गराएका थिए ।

हिमचुली कृषि सहकारी संस्था लि. कालीकोटको स्थापना २०६५ साल भाद्र २५ गते भएपनि छोटो समयमा जिल्लाका ९ वटा स्थानिय तहमा १४ हजार ९ सय बढी सदस्यमा विभिन्न सेवा प्रवाह गर्दै आएको छ । जिल्लाभर ११ वटा सेवा केन्द्र रहेको यस सहकारीले ३४ करोड कर्जा प्रवाहका साथै ४६ जना कर्मचारीहरू रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित