कृषिमा आधुनिक प्रविधिको व्यवस्थापन गरेका छौं —वडाध्याक्ष धनसिंह विक

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिकाको वडा न. ४का वडाध्यक्ष धनसिंह विकले वडामा कृषि उत्पादनलाई प्राथमिकता दिदै आधुनिक प्रविधिमा जोड दिएको बताउनु भएको छ ।

अध्यक्ष विकले वडा स्तरमा उत्पादित कृषि जन्य वस्तुलाई आधुनिक प्रविधि संग नजोडेर सम्भव नभएकाले उत्पादन बृद्धिका लागि अनिवार्य भएकाले हाते टयाक्टर,हाइटेक नर्सरी तथा कृषि सामाग्रिको व्यवस्थापन गरेको बताउनु भएको छ । खांडाचक्र नगरपालिकाको वडा न. ४ साविकको मान्म ६ र ७का वस्तिहरुमा विगत लामो समय देखि कृषि बाट मनग्ये आम्दानि लिने कृषकहरु भएकाले प्रविधिमा जोड दिएको बताउनु भएको छ ।

यस वर्ष ६ वटा पोलिहाउस,४ वटा हाते टयाक्टर कृषकहरुलाई वितरण गरिएको बताउदै स साना आवश्यक सामाग्रि पनि वितरण गरेका छौ । त्यसका साथै आफुले वडा न. ७ का १८ वर्ष मुनिका टुहुरा वालवालिकाहरुलाई छात्रबृति दिएको बताउदै यस वर्ष ४५ जनालाई एक हजारका दरले वितरण गरिएको र आगामि वर्ष पनि यसलाई निरन्तरता दिने तयारी भएको छ ।

कर्नालि प्रदेशबाट सिचाई आयोजनाबाट यस वडा न. ७ मा ३ वटा सिचाई कुलो निर्माण गरिएको छ भने ३ पोखरी समेत निर्माण भएको,खानेपानि व्यवस्थापन गरिएको छ । त्यसका साथै मसानघाटमा दाहसंस्कार गर्ने ठाउँमा प्रतिक्षालय निर्माण गरेको बताउनु भयो ।


आगमी वर्ष बद्रिगाउँमा कृषि पकेट क्षेत्र बनाई उत्पादित तरकारीलाई ताडि यारपोर्टमा रहेको प्रयोग विहिन संकलन केन्द्रको उपयोग गरी सम्पूर्ण तरकारी एकिकृत ढंगले जम्मा गरी विक्रि गर्ने तयारीमा रहेको बताउनु भएको छ । वडा न. ३ संग समन्वय गरी संकलन केन्द्रमा ताडी बद्रिगाउँको तरकारी केन्द्रित गरी संचाल गरिने समेत दावि गर्नु भएको छ ।

आर्थिक वर्ष २०७७।०७८का लागि २५ लाख सशर्त अनुदान, ५ लाख व्यवस्थापन र ३ लाख लक्षितको गरी ३३ लाख बजेट विनियोजन भएकाले वडामा नमुना काम गर्ने तयारीमा आफु रहेको बताउदै आगामी वर्ष कागति पकेट,उन्नत खसि बोका,रांगा र पशुपालनमा जोड दिने तयारी भएको वहांको भनाई छ । तत्कालिन नेकपा(एमाले)बाट विजयि वडा अध्यक्ष धनसिंह विक विगतमा फर्निचर लगाएतको काम गर्दै आउनु भएको कर्मठ तथा परिश्रमि व्यक्तित्वका रुपमा चिनिदै आउनु भएको छ ।

आफुले जनतालाई दिएका आश्वासनहरु सबै पुरा गर्न सफल भएको र बांकी रहेका काम कार्वाहीहरु आगामी वर्ष पुरा गरेरै छाड्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित