पलाताको “सैन स्मार्ट सिटि” सहितका महत्वपूर्ण योजनाका लागि १० करोड वजेट

7
SHARES
15
VIEWS

कालीकोट । पलाताको सैन स्मार्ट सिटीका लागि शहरी विकास मन्त्रालयबाट सम्भाव्यत्ता अध्ययन सहितका योजनाका लागि १० करोड बजेट आउने भएको छ ।

पलाताको रानीविसौना नजिक रहेको “सैन स्मार्ट सिटी”का लागि ५० लाख, एसियाकै दावि गरिएको अग्लो पुल रानी विसौना देखि जाज्ज कांध सम्मको पुलका लागि ८५ लाख बजेट विनियोजित भएको बताइएको छ । पलाता गाउ पालिका प्रवक्ता तिलक बुढाका अनुसार शहरी विकास मन्त्रालय बाट मात्र १० करोड बराबरका योजना प्राप्त भएको बताउँदै पलाता सम्बृद्धिको यात्रा शुरु भएको बताए ।

यस कार्यमा सहयोग गर्ने शहरी विकासमन्त्रि धन बहादुर बुढा, पलाताका स्थायि बासिन्दा मानसिंह धामि सहितको टोलीको रहेको बताएका छन् । जसमा सडक विधुत तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । यसका लागि धामीले पलाता सम्बृद्धिमा सबैको साथ रहेको बताएका छन ।

पलाता गाउँ पालिका केन्द्र रानिविसौना
गएको फागुनमा पलाता अध्यक्ष रोकायाले शहरी विकास मन्त्रि बुढालाई योजनाको माग पेश गर्दै ।

पलाता गाउ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले पालिकाबाट गरिएको अथक प्रयास पछि संघिय सरकारबाट प्राप्त बजेटको उचित व्यवस्थापन भएकोमा धन्यवाद दिदै पलाताको विकासमा इट्टा थपिएको बताएका छन । गएको वर्षान्तरमा पलाता सरकारको टोलीले ति योजना मागका लागि पहल चालेर मन्त्रिलाई ज्ञापन पत्र बुझाएको थियो ।

जुन योजना र रकम निम्नानुसार रहेका छन्।

) सैन नयाँ शहर(smart city ) स्थापना पलाता कालिकोट डिपिआर अध्यायनका लागि रु . ५० लाख

२) रानी बिसौना देखि जाज्जकाथ सम्म पलाता वडा नम्बर २ देखि ८ जोड्ने झु.पु रु . ८५ लाख

३) दुर्सीखोला देखि लोडे जोड्ने पुल मर्मत पलाता ३ र ७ रु . १० लाख

४) जिर धामी स्मृति भवन पलाता ७,- २० लाख

५ )चुकबारी गडबाली तल्ला कुला तटबन्धन पलाता ७, रु २० लाख

६) सुर्जालेख मेहेल्ने खानेपानी पलाता ४ – रु .२० लाख

७ ) जोखिन्द्र दुदेसिल्लो पार्क निर्माण पलाता ७ पारौटी रु . २० लाख

८) बझाङ्गपरे स्याउ फर्म घेरबार निर्माण पलाता ७ रु .२० लाख

९) शिक्षा तथा स्वास्थ्य सुधार(प्रबिधी र पुर्बाधार निर्माण)को लागि रु .५० लाख

१०) दोफान्ना पुलहान्ना हुँदै माछापातिहाल्ना सडक निर्माण पलाता ८ रु . ३५ लाख

११) रानिबिसौना घोचायाबाडा हुँदै धौलागोह सम्म सडक निर्माण पलाता ३ रु.१ करोड

१२) पुलाहा धौलागोह हुँदै खिन सडक स्तर उन्नति पलाता १ देखि ६ सम्म रु .१ करोड

१३) दैनिकर दुर्सी अथङ हुदै जाज्ज सडक निर्माण पलाता ७ – ८ जोड्ने रु .१ करोड

१४) रानिबिसौना लोडे देखि दुर्सी जोड्ने सडक निर्माण स्तर उन्नति पलाता २-७ रु .१ करोड

१५) मेहेल्ने धनै हुँदै तल्सेरी कृषि सडक निर्माण पलाता ४ रु .१ करोड

१५ ) माथिल्लो बगर झोलुङ्गे पुल पलाता ७ रु . ५० लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित