कालीकोटमा जिल्ला समन्वयले दुइ महिनाको भाडा छुट दियो

7
SHARES
15
VIEWS

कालीकोट । सरकारले कोरोनाको समयमा घारभाडा छुट दिने निर्णय अनुसार कालीकोटमा सरकारी निकायबाट सो निर्णय कार्यन्वयन भएको छ ।

जिल्ला समन्वय समिति कालीकोटले चैत्र र बैशाख महिनाको भाडा छुट दिएको बताइएको छ । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले सटर भाडामा लिई व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई २ महिनाको ८० हजार भाडा छुट दिएका छौं । वहांले व्यापार व्यवसाय ठप्प भएका समयमा आम्दानि नआई घाटा व्याहोर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै घरभाडा छुट दिएको बताउनु भएको हो ।

जिल्ला समन्वय समिति कालीकोटको आगामी बैठकले अनुमोदन गर्ने गरी अहिले भाडा छुट दिएको बताइएको छ ।
कालीकोट जिल्लामा कुनै पनि निकायले घरभाडा छुट नदिएको अवस्थामा जिल्ला समन्वय समितिले घरभाडा छुट दिएकोमा घरभाडामा बस्ने भांडा पसल व्यवसायि लगाएतले धन्यावाद दिएका छन । कोरोनाका कारण देश ठप्प भएर व्यापार नभएको अवस्थामा कसरी भाडा तिर्ने भन्ने चिन्ता थियो छुट भएकोमा आफु खुशि भएको व्यवसायिको भनाई रहेको छ ।

जिल्ला समन्वय समिति कालीकोटले भवनको ग्राउण्ड फलोरमा रहेका ८ वटा सटर भाडामा दिएको बताइएको छ ।

जिल्ला समन्वय समितिले घराभाडा छुट दिएकोमा हिमचुलि कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले धन्यावाद दिनु भएको छ संस्थाले आइएमइ संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित