पचालझरनामा दुरसंचार प्रदेश कार्यालयद्धारा झोला वितरण

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल दुरसंचार कार्यालय सुर्र्खेले पचालझरनाका वालवालिकालाई निशुश्क सिम तथा झोला वितरण गरेको छ । प्रदेश कार्यालय सुर्खेतले पचालझरना गाउँ पालिका वडा न.९मा रहेको शहिद आवासिय माध्यमिक विद्यालय लडाकाटियाका वालवालिकालाई झोला सहित १ सय ५० थान सिम र एक सय थान झोला वितरण गरेको हो । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

पचालझरना गाउँ पालिका वडा नम्बर ९ का अध्यक्ष ललितजंग शाहीले वडामा आएर दुरसंचार कार्यालय सुर्खेतलले ठुलो सहयोग गरेकामा खुशि व्यक्त गर्दै धन्यवाद दिएका छन । सो कार्यक्रमा दुरसंचार प्रदेश कार्यालय सुर्खेतका वरिष्ठ सहायक रविन्द्र शाही, वरिष्ठ इन्जिनियर हेमन्त लाल कर्ण र युवराज पौडलेले वालवालिकालाई सिम र झोला हस्तान्तरण गरेको वडा अध्यक्ष ललितजंग शाहीले बताएका छन । सो विद्यालयमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

यस अघि रास्कोट नगरपालिकामा समेत सिम वितरण गरेको प्रदेश कार्यालयले जिल्लाका विभिन्न स्थानमा सिम तथा झोला वितरण कार्यक्रम रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित