यसरी मनाइन्छ अन्तर्राष्ट्रिय सहकारी दिवस‍‍‍…..

7
SHARES
15
VIEWS

काठमाडाै‌ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ । वर्ष २०२४ मा जुलाई ६ तारिख का दिन जुलाई महिनाको पहिलो शनिवार परेको छ । यस दिवसलाई छोटकरीमा COOPS Day अथवा कोप्स डे पनि भनिन्छ ।

सहकारी भनेको के हो ?

शाब्दिक अर्थमा सहकारी भन्नाले सहकार्य बुझिन्छ । आजको दिवसको परिवेशमा कुरा गर्दा चाहिँ समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझ्न सकिन्छ ।

सहकारी ऐनको अनुसार सहकारीको परिभाषा
नेपालको सहकारी ऐन २०७२ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगड, कम पुँजीवाल र निम्न आय वर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा सङ्घहरूको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

विश्व सहकारी दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।

वर्ष २०२४ को विश्व सहकारी दिवसको नारा
Cooperatives build a better future for all – सहकारीहरूले अझ राम्रो विश्व निर्माण गर्दछ भन्ने प्रोत्साहन र नाराका साथ यस वर्ष विश्व सहकारी मनाइदै छ ।

नेपालका सहकारीहरुले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सहकारी  दिवस मनाउने कार्यक्रम रहेकाे छ ।

#news Agency

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित