रास्कोटमा अस्थायि ट्राफिक प्रहरी पोष्ट स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा अस्थायि ट्राफिक प्रहरी पोष्ट स्थापना भएको छ । रास्कोट नगर सरकारको आग्रहमा आरसिपि बजारमा स्थापना गरिएको अस्थायि ट्राफिक प्रहरी पोष्टले विभिन्न सवारी साधन सम्बन्धि सचेतना गराउनुका साथै सवारी दुर्घटनामा सहजता कायम गर्न भुमिका खेल्ने बताइएको छ ।

रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही(पोषण)ले अस्थायि प्रहरी पोष्टको उद्घाटन गर्दै रास्कोटमा ट्राफिक प्रहरी पोष्टको जरुरी भएको अवस्थामा स्थापना हुनुले सवारी दुर्घटनामा न्युनिकरण हुने र यात्रुहरुले समेत सहजता पाउने बताएकाे सहकर्मि टिकाराज उपाध्यायले जानकारी दिएका छन ।

रास्कोटमा यस अघि शान्तिघाट प्रहरी चौकीबाट सवारी चेकजांचको काम हुंदै आएको थियो ।जिल्लामा पछिल्लो समय ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारी साधन सम्बन्धि विभिन्न कार्यक्रमका साथै चेकजांच र सचेतना बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित