कालीकोट पशु अस्पतालका ३ काम –ट्राउट माछा, डेरी देखि टर्कि कुुुखुरा फर्म

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोटमा आर्थिक वर्ष २०७६/०७७मा पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटले ३ नमुना काम गरेको छ ।

कार्यालय स्थापना भएको छोटो समयमा सिमित साधन र श्रोतले जिल्लाका विभिन्न ठाउँमा नहुन सकेका तिन काम गर्न सफल भएको कार्यालयले जनाएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका अनुसार पहिलो पटक माछा पालनको काम गरेको छ । जिल्लाका दुई स्थानिय तहमा ट्राउट माछा पालन कार्यक्रम लागु गरेर संचालनमा ल्याएको छ । खांडाचक्र नगरपालिकाको सिम्लेगाडमा १० लाख लगानिमा ५ वटा पोखरीमा १० हजार ट्राउट माछाका भुरा हालिएको छ भने सान्नित्रिवेणि गाउँ पालिकाको वडा न. ४ मेहलमडिमा मालिका बहुउद्देश्यि सहकारी संस्थालाई १० लाखको लगानिमा ४ वटा पोखरी निर्माण गरी २ हजार ५ सय कार्पाे जातको माछाका भुरा हालिएको छ ।

सान्नित्रिवेणिको चिलखोलेसिमा ट्राउट माछा उत्पादन श्रोत केन्द्रमा एक करोड अनुदान र संस्थाको ४० प्रतिशत लगानिमा शुरुवात गरिएको उक्त कार्यक्रम सुनौलो कृषि सहकारी संस्थाबाट संचालन भएको काम जारी रहेको बताउदै पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका प्रमुख प्रचण्ड खड्काले नमुनाका रुपमा जिल्ला भर माछाका भुरा वितरण गरिने बताउनु भएको छ । त्यसै गरी कार्यालयका अनुसार जिल्लाका दुई स्थानिय तहमा दुध डेरी संचालनमा ल्याएको छ । जिल्लामा सबै भन्दा अघि संचालनमा आएको तर व्यवस्थापनको अभावमा बन्द रहेको हिमचुलि डेरी संचालनका लागि कार्यालयले १५ लाख अनुदान उपलब्ध गराएको छ ।

त्यस्तै नरहरिनाथ गाउँ पालिकाको खुलालुमा पनि दुध डेरी संचालनका लागि १० लाख व्यवस्थापन गरी यातायातको साधन समेत डेरीलाई उपलब्ध गराइएको कार्यालयले जनाएको छ । पशु अस्पताल कालीकोटबाट दुध संकलन र चिस्यानका लागि चिलिङभ्याट, दुधको गुणस्तर नाप्ने कम्प्युटर मेसिन, यातायातका लागि मोटरसाइकल समेत व्यवस्था गरिएको बताइएको छ । विगतमा अनुदान लिने र काम नगर्ने परिपाटीका बावजुद पशु अस्पतालको पुन स्थापना संगै यस वर्ष नमुना काम हुन गएको स्थानियको भनाई रहेको छ । नरहरिनाथ गाउँ पालिकाका स्थानिय मदन विकले डेरी संचालनका लागि ग्रामिण क्षेत्रमा पनि कार्यालयले सम्भावना देखेर सहयोग गरेकोमा धन्यावाद दिएका छन ।

आफुहरु संग दुध भएपनि बजारको कठिनाइ झेलि रहेको अवस्थामा डेरी उपकरणको व्यवस्था भएर डेरी संचालन गर्नु अवसर भएको बताउनु भएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटका प्रमुख खड्काका अनुसार समुदाय स्तरमा टर्कि जातका कुखुराहरु फर्मका रुपमा वितरण गर्न लागिएको बताउनु भएको छ ।

खांडाचक्र नगरपालिकाको हुल्म र पिलिमा ५ /५ लाख गरी रु १० लाख लगानिमा टर्कि कुखुरा फर्ममा ४ सय चल्ला ल्याउने तयारी भएको बताउनु भएको छ । वहांले भन्नु भयो लक डाउनका कारण चल्ला समयमा नपाइदा ढिलो भएपनि साउन पहिलो हप्तामा दुबै स्थानमा चल्ला आइपुग्ने तयारी भएको छ ।

विगतमा ल्याइएका चल्ला कनिका छरे जस्तै गरी वितरण गरिने परम्परालाइ तोडदै कार्यालय प्रमुख खड्काले नमुनाका रुपमा केही गरेर देखाउने योजनाका साथ आफु लागि परेको बताउनु भएको छ ।
कालीकोटमा वितरण मुखि हुने कार्यक्रमलाई एकिकृत गरी उचित कामको उचित परिणाम आउने गरी आगामी वर्षको योजना तय भएको कार्यालय प्रमुख खड्काको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित