कर्नालीमा सांसद र थुनुवामा कोरोना संक्रमण

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसारलाई सोमबार सांझ संक्रमित पुष्टि भएको हो । वहां संग नजिक भएका सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलनको तयारी गरिएको बताउनु भयो ।

संक्रमित सांसद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा रहेका छन् । सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ त्यसै गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । जबरजस्ती करणी आरोपमा पक्राउ परेका ती युवामा संक्रमण देखिएपछि हिरासतकक्ष सिल गरिएको सुर्खेतका डीएसपी प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले जानकारी दिनु भएको छ ।

थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेशअनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । २६ गतेको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि हिरासत कक्ष सिल गरिएको हो ।

उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा आएका १४ जना प्रहरी, ६ जना थुनुवा र उनीहरुका ३ जना आफन्तको स्वाब संकलन गरी गरिएको परीक्षण गरिएकोमा पनि दुई प्रहरीमा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित