समाजवादी मोर्चा निर्मम समिक्षा गर्दै

7
SHARES
15
VIEWS

काठमाडाै‌ँ । समाजवादी मोर्चाको दस्ताबेजमाथि सचिवालयमा छलफल सुरु भएको छ ।चार पार्टी समाजवादी मोर्चाकाे सम्मिलित विगतको समीक्षा गर्दै आगामी कार्यक्रम तय गर्ने छलफल भएकाे हाे ।माेर्चाले दस्ताबेज निर्माणसँग सम्बन्धित भएर छलफल सुरु भएको मोर्चाको सचिवालय सदस्य सचिव खड्गबहादुर विश्वकर्माले बताएका छन ।विश्वकर्माका अनुसार राजनीतिक, सांगठनिक र संषर्घको रूपमा कार्यक्रम ल्याउने तयारी छ । ‘वस्तुगत र निर्मम समीक्षा गर्दै आगामी कार्यक्रम तय गर्छौँ । राजनीतिक, सांगठनिक र संघर्षको स्पष्ट खाका तयार पार्छौँ,’ उनले भने ।

सोमबारको बैठकमा विश्वकर्माले विषय प्रवेश गर्दै विदेशी हस्तक्षेप बढेको भन्दै देशभक्त शक्तिहरूलाई संगठित गर्दै जानुपर्ने आवश्यकता औँल्याए । कतिपय सन्दर्भमा देशभित्रको परिस्थितिले पनि समस्या निम्त्याएको उनको विश्लेषण छ । मोर्चाको अपेक्षा र जनताको चाहना सम्बोधन गर्ने गरी कार्यक्रम तय गर्नुपर्नेमा उनले जोड दिए ।

सचिवालय सदस्यहरू एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष प्रमेश हमाल र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले मोर्चालाई सशक्त बनाएर जानुपर्ने बताए । उनीहरूले विगतको कमीकमजोरीको समीक्षा गर्दै त्यसलाई नदोहोर्‍याउने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । ‘मोर्चालाई सशक्त बनाउनुपर्छ । फराकिलो बनाउँदै जानुपर्छ । विगतमा देखिएका समस्याबाट पाठ सिकेर जानुपर्छ । राजनीतिक रूपमा जनताले बुझ्ने गरी कार्यक्रम तयार पार्ने बताइएकाे छ ।

 

*राताे पार्टीबाट साभार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित