एक सय जनालाई तत्काल रोजगार दिन नेकपा पलांताको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । पलांता सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पलांताले एक सय जना युवालाई तत्काल रोजागरी दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशनमा केही समय अघि २ सय६७ जना कर्मचारी हटाएको भने पछि आज नेकपा पलांताका अध्यक्ष विष्णु रोकायाले स्थानिय सरकारलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएको हो । विकास निर्माण गर्ने समयमा पार्टी र स्थानिय सरकार विचको कलहका कारण पलांता गाउँ पालिकामा एक आपसमा आरोप प्रत्यारोपको दोहोरी चलिरहेको छ ।

केही समय अघि पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले गाउँ पालिकाका करार तथा ज्यालादारीहरुलाई पार्टीको निर्देशनमा हटाएको विषयलाई लिएर अहिले चर्काका चर्कि भइरहेको छ । पलांता सरकारले आन्तरिक श्रोतले धान्न सक्ने गरी तत्काल एक सय युवालाई नियुक्ती गर्न निर्देशन दिन्छौं के त्यो सम्भव छ ।

पार्टीको आधिकारिक पत्रमा भनिएको छ स्थानिय सरकाको अधिकार क्षेत्र भित्र रहने कुरालाई पार्टी संग जोड्न नहुने भन्दै अध्यक्ष रोकायाले ३६७ जना भनिएका कर्मचारीलाई यथास्थानमा राख्दै तत्काल १०० जनालाई रोजगारी दिन भनिएको छ । पलांताको समग्र विकास निर्माणमा असर नपर्ने गरी कर्मचारी राख्नका लागि पार्टीले सहयोग गर्ने बताइएको छ ।

अहिले पार्टीलाई दोष लगाउदै पलांता गाउँ पालिका अध्यक्ष पलांता नजाने र गाउँ पालिकाले संचालन गरेको रेडियो,विद्युत बन्द गर्ने निर्देशन दिदै सबैलाई आन्दोलनमा सहभागि हुन निर्देशन दिएको एक श्रोतले जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित