रास्कोटमा बाढिपहिरोको सर्वपक्षिय स्थलगत अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले बाढिपहिरोका स्थलगत अनुगमन थालेको छ ।

रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल,उपप्रमुख मिमसरा शाही, राजनैतिक दल,सुरक्षा कर्मि लगाएतको टोलि सहित अनुगमन थालेको हो । रास्कोट नगरपालिकामा लगातार वर्षाका कारण ५ जना वेपत्ता भएको र १ जनाको मृत्यु भएको थियो ।

लाखौंको धनमाल सहितको क्षति पुगेका रास्कोटमा स्थलगत रुपमा अनुगमन शुरु भएपछि विग्र भत्केको ठाउँमा छिटो छरितो काम हुने स्थानियले् आशा गरेका छन ।

रास्कोट नगरपालिकामा भएको क्षतिको विवरण संकलन गरी वास्तविक बाढि पिडितलाई राहत प्रदान गर्ने र सार्वजनिक क्षेत्रको क्षति भएका संरचनाको पुननिर्माणको काम थालनि गर्ने रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । वहांका अनुसार वास्तविक क्षति भएको विवरण बुझेर राहत प्रदान गर्न सहज होस भने र सर्वपक्षिय अनुगमन टोलि बनाइएको बताउनु भएको छ । टोलिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का रास्कोट नगरकमिटिका अध्यक्ष धर्मराज शाही, वडा अध्यक्षहरुको टोलि प्रत्येक वडामा अनुगमनमा खटिएको रास्कोट नगरपालिकाले जनाएको छ ।

कालीकोट जिल्लाका विभिन्न स्थानिय तहमा भएको क्षतिको विवरण बुझि वास्तविक पिडितलाई राहत पुगोस भनेर कर्नालि प्रदेश सरकारले मृतकलाई प्रदेश सरकारले २ लाख र संघिय सरकारले २ लाख राहत दिने र घर भत्केकाहरुलाई १ लाख रकम उपलब्ध गराउने भएको छ ।

कर्नालि प्रदेश सरकारले जिल्लाको सबै भन्दा बढि क्षति भएको नरहरिनाथ गाउँ पालिका,रास्कोट नगरपालिका,सान्नित्रिवेणि गाउँ पालिका र खांडाचक्र नगरपालिकामा खाद्यन्न लगाएतको राहत दिइ सकेको छ । कालीकोटमा १७ जनाको बाढिपहिरोबाट मृत्यु भएको छ भने ७ जना वेपत्ता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित