प्लानको सहयोगमा किर्डाक नेपाल द्धारा बाढिपिडितलाइ राहत हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पहिलो पटक प्लान नेपालले बाढिपिडितलाई राहत वितरण गरिएको छ ।

साउन दोस्रो साता आएको वर्षाका कारण दुई दर्जन मानविय क्षति व्यहोरेको कालीकोटमा प्लान नेपाल इनटरनेश्नलको सहयोगमा किर्डाक नेपाल कालीकोट बाढिपिडितलाई कम्मल,पाल,पि फर्म, लत्ता कपडा र नगद राहत प्रदान गरिएको हो ।

जिल्लाको नरहरिनाथ गाउँ पालिकाका १ सय ४२ जनालाइ राहत वितरण गरिएको प्लान नेपालका कार्यक्रमका परियोजना संयोजक विर तिरुवाले बताउनु भएको छ । वहांँका अनुसार हुल्म बजारमा नरहरिनाथा गाउँ पालिकाका बाढिपिडितलाई किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डे द्धारा राहत हस्तान्तरण गरिएको हो ।

त्यसै गरी नरहरिनाथ गाउँ पालिकामा बांकी रहेका ५८ जना बाढिपिडितलाई शनिवार वितरण गरिने बताइएको छ । रास्कोट नगरपालिकाका १ सय ५० जना,सान्नित्रिवेणि गाउँ पालिकाका १ सय ५० जना र नहररिनाथ गाउँ पालिकाका २ सय जना बाडितलाई राहत वितरण गरिने संयोजक तिरुवाले बताउनु भएको छ ।

यस अघि कालीकोटका विभिन्न क्षेत्रमा प्लान नेपाल द्धारा कोरोना व्यवस्थापनका लागि पनि सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित