रुकुम घटनाका मृतकका आफन्तलाई १० लाख राहत

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले राहत प्रदान गर्ने भएको छ।

मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवंम सुचना तथा संचार मन्त्रि युवराज खतिवडाले सो जानकारी गराउनु भएको छ ।

रुकुम घटनामा ६ जनाले ज्यान गुमाएका थिए। घटनामा मृत्यु भएका नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए।

त्यस्तै घाइते सबैको सरकारले निशुल्क उपचार गर्ने भएको छ।

रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो। यस घटनाले जातिय विभेदका आधारमा ज्यादति भएको विरोधमा मानव अधिकार आयोग लगाएतले विरोध जनाउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित