दुइ दशक पछि सिचांइ कुलोको डिपिआर शुरु, दुइ वर्ष भित्र पानि ल्याउने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकाको वडा न. १मा पर्ने चुलि पिठाराको सिचाइ कुलो २२ वष पछि पुन संचालनमा आउने भएको छ ।

२०५४ सालमा तत्कालिन स्थानिय सरकारको पहलमा शुरु भएको सिचाई कुलोको काम सम्पन्न भएर स्थानियले सिचाई गर्न पाएको भएपनि पुन मर्मत तथा सम्भार नहुंदा अलपत्र परेको थियो । अहिले सिचाई कुलोको काम शुरु गर्ने स्थानिय तहले डिपिआरको लागि शुरु गरेपछि पानि आउने आशामा स्थानिय रहेका छन । दुई दिन अघि पचालझरना गाउँ पालिकाले उक्त सिचाई आयोजनाका लागि प्राविधिक टोलि गएर डिपिआर गरेको छ ।

डिपिआरमा गएका प्राविधिक सुर्य खड्काका अनुसार लामो समय पछि डिपिआर गर्न जांदा दुई दशक पछि सिचाई कुलोका निशाना जस्ता को त्यस्तै रहेको बताए । उनले भने डिपिआर तयार गरेका छौैं स्टामेट गर्न बांकी छ । केही दिन पछि स्टामेट निकाल्ने तयारीमा छौं । पचालझरना गाउँ पालिका वडा न.१का वडाध्यक्ष रत्नलाल न्यौपानेले यसअघिको डिपिआरमा ४ करोड ५० लाख  बजेट आवश्यक भएकाले कर्नालि प्रदेश सरकार र संघिय सरकार संग अनुरोध गर्ने बताउनु भएको छ ।

अहिले आफुले कर्नालि प्रदेशमा रहेको छु सबै निकायमा फाइल अघि सार्ने काम भएको छ । अबको दुई वर्ष भित्र समुदायलाई सिचाई गर्ने वातावरण गर्ने जोड तोडका लागेको बताउनु भयो ।
यस सिचाइबाट पचालझरना वडा न. १का करिव ३ सय घरधुरीले सिचाइ गर्न पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित