कालीकोट महावैमा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट। जिल्लाको  महावै गाउँपालिका मा पहिरोले घर पुर्दा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

गए राति १२ बजेतिर खसेको पहिरोले पुरिंदा एक परिवारका चार बालबालिका र अर्को परिवारका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। तीज मनाउने क्रममा उनीहरु एकै ठाउँमा बास बसेका थिए।

प्रहरीका अनुसार, वडा नम्बर ३ का वडा सदस्य रजबहादुर विष्टका दुई छोरा र दुई छोरी तथा रजबहादुरका दाजु दिलबहादुर विष्टका दुई छोरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षका पुष्प, ११ वर्षीय प्रवीण तथा १९ वर्षीया शान्ति र १० वर्षीया रेखा रहेको प्रहरीले जनाएको छ।

उनीहरु सबैको शव निकालिसकेको प्रहरीले जनाएको छ।यस अघि बाढि पहिरोबाट कालीकोटका १७ जनाको मृत्यु भएको थियो भने ६ जना वेपत्ता भएका छन ।

बाढिपहिरोबाट कर्नालि प्रदेश सरकारले मृतकका आफन्तलाई २ लाख र संघिय सरकारले २ लाख राहत दिने भएको छ भने घर घत्केका परिवारलाई कर्नालि प्रदेश सरकारले १ लाख राहत दिने बताइ सकेको छ । कालीकोटमा बाढिपिडितलाई प्लान नेपाल,किर्डाक,हुरेण्डेक लगाएतका संस्थाहरुले राहत वितरण गर्न शुरु गरेका छन ।

कालीकोटमा साउन दोस्रो साता आएको बाढिले ५ सय ८४ बढि घर भत्काएको छ भने कयौं वस्ति तथा घरहरु जोखिममा रहेका छन । बाढि पहिरोका कारण जिल्लाको एक मात्र जलविद्युत गृहको मुहान भत्काउदा जिल्ला भर अन्धकार छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित