पचालझरनाको लाफागाढ जलविद्युत तत्काल संचालनमा आउने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरनामा बन्द भएको विद्युत संचालनमा आउने भएको छ । ८५ वाट क्षमता भएको लाफागाड जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेपछि एक हप्ता भित्र संचालनमा आउने बताइएको छ ।

लाफागाड जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णुलाल न्यौपानेका अनुसार दिन रात काम गर्ने क्रममा काम अन्तिम भएका र विद्युत संचालनको तयारी थालेको बताउनु भएको छ । वहाँका अनुसार अहिले पाइप मार्फत काम अघि बढेको र आगामी दिनमा व्यवस्थित गरेर लैजाने योजना रहेको बताउदै पचालझरनाका ६ सय घर धुरीलाई धान्ने क्षमता भएको विद्युतको अहिले वडा न. २,३,४ र ८मा मात्र लाइन विस्तार गरिएको छ ।

कामको बारेमा सम्पन्न स्थलगत रुपमा पुगृको प्राविधिक टोलिले अनुगमन गरे पछि दुइ तिन दिन भित्र विद्युत संचालनमा आउने बताइएको हो । पचालझरना गाउँ पालिकाका प्राविधिक निरज रोकायाका अनुसार ९५ प्रतिशत काम सम्पन्न भएकाले दुई तिन दिन भित्र विद्युत संचालनमा आउन सक्ने बताएका हुन । उक्त विद्युत अषाढ अन्तिम साता बाढिका कारण अबरुद्ध भएको थियो । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल लगाएतका जनप्रतिनिधिहरुले स्थलगत निरिक्षण पछि कामको थालनि गरिएको थियो ।

अषाढ मसान्तको समयमा बाढिका कारण बन्द भएको विद्युतले गाउँ पालिकाका दैनिक काम कार्वाहीमा असर परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित