बाढिपहिरोले स्थानियलाई सास्ति,उपभोग्य वस्तुको मुल्य आकाशियो(फोटा फिचर) 

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको कर्नालि करिडोरमा बाढिपहिरोबाट सडकहरु अबरुद्ध भएपछि स्थानिय मारमा परेका छन । एकातिर दैनिक उपभोग्य वस्तु महंगिएको छ भने उता तिर आवतजावतका लागि बाटो बन्द भएपछि झनै सास्ति खेप्न बाध्य भएका छन अर्काे तिर आवतजावतका लागि बाटो बन्द भएपछि झनै सास्ति खेप्न बाध्य भएका छन । सबै भन्दा बढि ग्रामिण क्षेत्रका किनेर खाने समुदायलाई समस्या परेको छ ।

जिल्लाका तिन वटा स्थानिय तहमा यसको मार सबै भन्दा बढि खेप्नु परेको स्थानियले बताएका छन । स्थानियहरुले रास्कोट नगरपालिका,पचालझरना र पलांताका नागरिकहरुलाई सबै भन्दा बढि समस्या आएकोमा चिन्तित भएका छन ।

अहिले रेंगिल देखि शान्तिघाट सम्मको बाटो सुचारु नहुंदा महंगो ढुवानिमा खाद्यन्न लगाएतको समान बोक्नु परेको छ भने मानविय तथा खच्चरको माध्यमबाट ढुवानि गर्दा चर्काे भाडादर तिर्नु परेको छ ।

शान्तिघाटका स्थानिय व्यापारीहरुले आफुहरु सडक सुचारुका लागि समेत रकम उठाउन तयार रहेको बताएका छन । उनिहरुले सडक सुचारुका लाथि रास्कोट र पचालझरनाले चासो देखाएको तर कामको जिम्मा लिएको नेपालि सेनाले ढिलासुस्ति गरेको आरोप लगाएका छन ।

स्थानिय व्यापारी लग धामीले बाटो सुचारु नहुंदा व्यापारीहरुले जितेगडा देखि रंगिल हुंदै शान्तिघाट सम्म ढुवानि गर्दाै १५ देखि २५ रुपैया प्रतिकेजि ढुवानि गर्दा १हजार ६ सय ५० पर्ने मोटो चामलको २ हजार २ सयमा विक्रि गर्नु परेको बताए । अहिले शान्तिघाट बजारमा सान्नित्रिवेणि,रास्कोट,पचालझरना र पलांताका स्थानियहरुले दैनिक उपभोग्य समान किन्नका लागि आउनु परेको छ ।

अहिले रास्कोट नगरपालिकाले आन्तरिक रुपमा सडक मर्मत गरेर यातायातका साधन सुचारु गरेको छ भने पचालझरना गाउँ पालिकाले सडक मर्मतको काम शुरु गरेको छ । रासकेट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले जिल्लामा कर्नालि करिडोर संचालनमा ल्याउन स्थानिय प्रशासन तथा नेपालि सेना संग पहल भएको बताउनु भएको छ । वहाँका अनुसार सडकको काम छिटो छरितो गर्न दवाव दिएका छौं यसको लागि सबै पक्ष गम्भिर भएको बताउनु भयो ।

प्रमुख बरालले सबै भन्दा बढि तिन स्थानिय(रास्कोट,पलचालझरना र पलांता)लाई शान्तिघाटको सडकले समस्या सृजना गरेकाले ल्याण्ड लक भएको बताउनु भयो । सडक अबरुद्ध भएपछि स्थानियहरुले बास्तविक लक डाउन अहिले भएको महसुस गर्न थालेका छन ।

अहिले २ सय बढि खच्चरहरुबाट समान ढुवानि हुन थालेको छ । अहिले रंगिल देखि शान्तिघाट सम्म विभिन्न ११ ठाउँमा सडक अबरुद्ध भएको छ । सान्नित्रिवेणिको कोट,आमताडा,सिस्ने गडा भाटबाडा खोला र शान्निघाटका विभिन्न स्थानमा ठुला ठुला ढुंगाहरु रहेकाले विस्फोटक पदार्थको माध्यमबाट मात्र सम्भव भएको बताइएको छ । नेपालि सेनाले त्यसको तयारी गरेको सडकको काम थालनि गर्न नेपालि सेनाको निर्माण कार्यदलले चासो देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित