एकैपटक ६० जना सहसचिवको सरुवा: को कहाँ पठाइए ?

7
SHARES
15
VIEWS

काठमाडौं । अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल सूदुरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएका छन्। त्यसैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको सामाजिक विकास मन्त्रालय प्रदेश-५ मा सरुवा भएको छ।

आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश-२ का सचिव कृष्णहरी पुष्करको गृह मन्त्रालयमा सरुवा भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव दिनेश घिमिरे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश-१ मा सरुवा भएका छन्।

वन तथा वातावरण मन्त्रालयका १२ जना सहसचिवको सरुवा भएको छ। यसअघि विभिन्न सातवटा प्रदेशमा सचिवका रुपमा काम गरेका सचिवहरूको वन तथा वातावरण मन्त्रालय सरुवा भएको छ भने मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई प्रदेशमा पठाइएको छ।

जसअनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश-१ मा मेघनाथ काफ्ले सरुवा भएका छन्। त्यसभन्दा अघि उक्त मन्त्रालयमा संजिव राई कार्यरत थिए।

त्यसैगरी प्रदेश-२ मा रामचन्द्र कंडेलको सरुवा भएको छ। कंडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निमित्त महानिर्देशकका रुपमा कार्यरत थिए।

त्यस्तै बागमती प्रदेशमा वन तथा वातावरण मन्त्रालयको योजना महाशाखाका प्रमुख एवम् मन्त्रालयका प्रवक्ता सिन्धु ढुँगानाको सरुवा भएको छ।

गण्डकी प्रदेशमा महेश्वर ढकाल, प्रदेश-५ मा राजेन्द्र केसी, र सुदूरपश्चिम प्रदेशमा यज्ञनाथ ढकालको सरुवा भएको छ। कर्णाली प्रदेशमा कार्यरत कृष्णप्रसाद आचार्य यथावत छन्।
Notices-2020082615182554

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित