कालीकोट । जिल्लामा सबै भन्दा बढी राहत दिनेमा प्लान नेपाल रहेको छ । कालीकोटका विभिन्न स्थानीय तहमा बाढिपिडितलाई दोर्सो चरणमा नगद राहत सहयोग गरिएको छ ।
पहिलो चरणमा लत्ताकपडा सहयोग गरेको प्लानले अहिले प्रती परिवार नगद दिएको छ । सान्नित्रीबेणि गाउँ पालिकाको मुम्रामा हुरुण्डेक नेपाल कालीकोटको सहजीकरणमा ५८ जनालाइ १५ हजारका दरले ८ लाख ४० हजार राहत दिएको हुरुण्डेक कालीकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले बताउनु भएको छ ।
यस अघि नरहरिनाथका ४ सय वाढि पिडितलाइ १५ हजारले ६० लाख सहयोग गरिएको थियो भने रास्कोट लगायतका स्थानीय तह बाढिपिडितलाइ सहयोग गरिने प्लानले बताएको छ । जिल्लामा बाढिपहिरोले सबै भन्दा बढी मानवीय तथा घर,बालिनालिमा क्षेती गरेको थियो । यस अघि कर्नाली प्रदेश सरकारले बाढिपिडितलाइ हेलिकप्टर मार्फत खाद्यान्न ,लत्ताकपडाको सहयोग गरेको थियो ।
त्यसै गरि प्रदेश सरकारले बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाइ २ लाख र घर भत्केका पिडितलाइ १ लाख सहयोग गर्ने भएको छ भने संघीय सरकारले पनि मृतकलाइ २ लाख राहत दिने बताएको छ ।
Discussion about this post