पलांतामा समुदायको पहलमा खानेपानि मर्मत,स्थानिय सरकार मुकदर्शक

7
SHARES
15
VIEWS

कालिकोट ।पलांतामा स्थानियको पहलमा खानेपानि मर्मत सम्भार पछि सुचारु भएको छ । ४ महिना अघि बाढिपहिरोले अवरुद्ध खानेपानि स्थानिय सरकारले पहल नगर्दा बन्द भएको थियो । उक्त खानेपानिको काम पदम विकको पहलमा जनश्रमदान मार्फत सुचारु भएको बताइएको छ ।

स्थानियका अनुसार पलांता गाउँ पालिकाको खिन स्थित खौला पैरो देखि माथिल्लो सल्लिकोट सम्मको खानेपानि अबरुद्ध भएको थियो ।
विप्लव नेतृत्वको नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहेका पदम वहादुर विक(शाहसी)को पहलमा अवरुद्ध भएको खानेपानी मर्मत पछि सुचारु भएको छ ।

यस अघि लामो समय खानेपानी अवरुद्ध हुंदा स्थानियले लामो बाटो हिंडेर खानेपानि ल्याउनु परेको थियो । २७ घरपरिवारले खानेपानि प्रयोग गर्न पाएका छन । पलांता सरकारले दलित वस्तिमा रहेको परिवारलाई खानेपानिका लागि कुनै चासो नदिएको स्थानीयले बताएका छन ।

उक्त पहिरोले पलांता ५को खिनमा पहिरोका कारण ४ दर्जन घरपरिवार विस्थापित हुन बाध्य भएको स्थानिय पदम विकले बताए । उनका अनुसार आकाशमा बादल आएपछि रातभर खुल्ला आकाशमा जाग्राम बस्नु परेको समेत बताए ।

अहिले सम्म ति परिवारलाई कसैले राहतको पहल नगरेको बताइएको छ । खिनमा रहेको वर्षाैं देखि बन्द भएको विद्युत समेत स्थानियको पहलमा सुचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित