पलाताको सडकमा पर्खाल स्थानीय सरकार बेखबर

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा स्थानीय कृषकले यस वर्ष धान रोप्न पाएनन । सरकारले सडक निर्माणको क्रममा सिचाइ कुलो भत्काइदिएपछि तीन घरपरिवारले धान रोप्न पाएका छैनन ।

अषाढ पहिलो साता धानको बीउ सडकमा जाली लगाएर बिरोध जनाएको भएपनि स पलाता सरकारले सुनुवाइ नगर्दा अहिले सडकमा पर्खाल लगाएका हुन ।

बिरोध गर्दै यस अघि गाउँ पालिकामा निवेदन दिएको कुनै सुनुवाइ नहुदा सडकमा पर्खाल लगाउदा पनि तीन महिना बिति सक्दा पनि सरकारका जिम्मेवारी त्यही बाटो हिडेका छ्न  । पीडितको पक्षमा कसैले बोलेका छैनन् स्थानिय कृषक नरेन्द्र बमले बताए । उनले भने खेत रोप्न पाएका छैनौ अब हाम्रो धान सहितको क्षेती नदिदा सम्म पर्खाल भत्काउन नदिने बताए । यस अघि १२ लाखमा बनाएको सिचाइ कुलो अधुरो बनाइएको बताइएको छ ।

अषाढमा बिरोध जनाउदै

यस सम्बन्धमा पलाता गाउँ पालिका  वडा नम्बर ९ थिर्पुका वडाध्यक्ष टक्क बमले जग्गा पिडितका मागका सम्बन्धमा कार्यकारी प्रमुख आइसके पछि छलफल हुने बताएका छ्न । उनले भने जग्गाको क्षेतिपुर्तीको कुरा छ  कार्यकारी प्रमुख राज बहादुर बम आउनु भएमा छिटोभन्दा छिटो छलफल हुने छ ।

यस वर्ष उनिहरुले धान रोप्ने खेतमा घाँस मात्र रहेको छ

बाढिपहिरोले बन्द भएको सडक सुचारु गर्न गाउँ पालिकाले पहल नगरेको स्थानीयको गुनासो रहेको छ ।

थिर्पु देखि राडुनेटा सम्मको सडक सुचारु नहुदा अहिले त्यहाँका बासिन्दाहरु हिडेर जान बाध्य भएका छ्न भने सामान ढुवानी गर्न खच्चरको प्रयोग हुन थालेको छ ।त्यसलाइ सुचारु नगरी थिर्पु देखि राडुनेटा सम्मको सडक बिस्तार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित