विपदमा कालीकोटका कुन गाउँ पालिकामा कस्तो अवस्था ?

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला दैविप्रकोप व्यवस्थापनले निकालेको विपद पूर्व तयारी प्रतिकाय योजनामा कालीकोटका विभिन्न स्थानिय तहहरुलाई विपदमा वर्गिकरण गरेको छ । जिल्ला विपद व्यवस्थापन समिति कालीकोटको २०६८मा पहिलो प्रकाशनलाई परिमार्जन २०७७मा लागु गरिएको उक्त कार्ययोजनामा उल्लेख गरिएको छ ।

समष्टिगत विपद जोखिमको विश्लेषणमा जिल्लाको सबै भन्दा उच्च जोखिममा पलांता,पचालझरना गाउँ पालिका र खांडाचक्र नगरपालिकालाई लिएको छ ।मध्यम जोखिममा नरहरिनाथ,सान्नित्रिवेणि र शुभकालिका गाउँ पालिकालाई राखिएको छ भने न्युन जोखिममा रास्कोट,तिलागुफा नगरपालिका र महावै गाउँ पालिकालाई राखिएको छ । त्यस क्षेत्रमा भिरालो जमिन,ढुंगा खस्ने, पहिरो जाने,सुख्खा खडेरी भई भोकमारी हुने लगाएतका समस्यालाई औल्याएको छ । त्यसै गरी पहिरोको उच्चजोखिममा खांडाचक्र,तिलागुफा नगरपालिका र पलांता,पचालझरना र नरहरिनाथ गाउँ पालिका पर्दछन भने मध्यम जोखिममा रास्कोट नगरपालिका,सान्नित्रिवेणि गाउँ पालिका रहेका छन ।

न्युन जोखिममा महावै र शुभकालिका गाउँ पालिकालाई राखिएको छ । जिल्लामा सबै भन्दा बढि बाढिपहिरोको विपदमा नरहरिनाथ,शुभकालिका गाउँ पालिका र रास्कोट नगरपालिका रहेका छन भने बाढिपहिरोको मध्यम जोखिममा पलांता,पचालझरना र महावै गाउँ पालिका छन । कालीकोट जिल्लामा बाढिको कम जोखिम अर्थात न्युन जोखिममा तिलागुफा,खांडाचक्र नगरपालिका र सान्नित्रिवेणिलाई राखिएको छ ।
महामारीको विपद सम्भाव्यमा पलांता र पचालझरना गाउँ पालिका र खांडाचक्र नगरपालिका उच्च जोखिममा राखिएको छ भने मध्यम जोखिममा तिलागुफा,रास्कोट नगरपालिका र सान्नित्रिवेणि,शुभकालिकाका साथै नरहरिनाथ गाउँ पालिका रहेका छन । भुकम्पका लागि उच्च जोखिममा खांडाचक्र,रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकालाई राखिएको छ भने नरहरिनाथ र सान्नित्रिवेणि गाउँ पालिका रहेका छ भने न्युन जोखिममा तिलागुफा नगरपालिका,शुभकालिका र महावैलाई राखिएको छ भने आगलागिकाको उच्च जोखिममा तिलागुफा, खांडाचक्र नगरपालिका,पचालझरना गाउँ पालिका रहेको बताइएको छ ।

न्युन जोखिम क्षेत्रहरु मध्ये रास्कोट नगरपालिका र महावै गाउँ पालिका रहेका छन । सुख्खा खडेरी र भोकमरीको विपदमा पलांता,पचालझरना गाउँ पालिका र खांडाचक्र नगरपालिका उच्च जोखिममा रहेको उल्लेख गरिएको छ भने नरहरिनाथ,सान्नित्रिवेणि गाउँ पालिकालाई मध्यम र तिलागुफा,रास्कोट नगरपालिका र महावैलाई न्युन जोखिममा राखिएको छ ।

यसरी वर्गिकरण गरिएको स्थानिय तहहरु मध्ये सबै भन्दा बढि जिल्लाका पलांता र पचालझरना गाउँ पालिका रहेका छन भने दोस्रो चरणमा खांडाचक्र नगरपालिका र नरहरिनाथ गाउँ पालिकालाई लिइएको छ । जिल्लामा विपदको सामाना गर्नका लागि नेपालि सेना,प्रहरीको परिचालन गर्न जनशक्तिको संख्या किटान गरिएको छ भने सामाग्रिहरुको समेत विवरण समावेश गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेको पहलमा स्थानिय गैरसरकारी संस्थाको सहयोगमा प्रकाशित उक्त कितावमा जिल्ला स्वस्थ्य कार्यालय,गैरसरकारी संस्थाहरु,सामुदायिक रेडियोहरुलाई सहयोगि निकायका रुपमा राखिएको छ ।
कालीकोटमा यस वर्ष ५१ जनाले बाढिपहिरोबाट ज्यान गुमाइसकेका छन भने कर्नालि प्रदेश सरकारले विपदको सामाना गर्नका लागि पटक पटक सहयोग गर्दै आएको छ भने बैकल्पिक व्यवस्थापनका लागि पहल चालेको छ ।

विपदको सामना गर्न र जिल्लावासिलाई असहज नहुन दिनका लागि कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही एकै महिनामा ३ पटक जिल्ला आइपुग्नु भएको छ भने विपदमा ज्यान गुमाएका परिवारलाई २ लाख राहत प्रदान गरिएको छ भने घर भत्केका परिवारलाई १ लाख राहत दिने बताइएको छ ।

विपदको समस्या आइपर्ने समयमा भने बैकल्पिक व्यवस्थापनको अभाव रहेको कालीकोट जिल्लामा अहिले जिल्ला वासिले समस्या झेल्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित