‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा यसै वर्ष — प्रधानमन्त्री

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले ‘सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति लिएको छ । वाल दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्रि ओलिले आज विहान वालवालिका काचो भांडा हुन उनिहरुलाई जस्तो बनायो त्यस्तै हुने भएकाले सबैले सहि ठाउँमा लिनु पर्ने बताएका हुन ।

बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने सरकारको प्रतिबद्धता छ । ‘बालबालिकाको शारीरिक, मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षाको अधिकार, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने यस सरकारको नीति छ’,  प्रधानमन्त्रीले राष्टिय वाल दिवसका अवसरमा शुभकामना सन्देश दिदै  भनेका छन् ।

स्वस्थ्य रहन पाउने तथा उपचारको अधिकार, शारीरिक मानसिक दुर्बलता भएका बालबालिका समेतको भेदभाव बिरुद्धको समानता र समन्यायको अधिकार रक्षा, शारीरिक र मानसिक विकासका लागि खेलकूद र मनोरञ्जनको अधिकारजस्ता बालअधिकार र बाल अधिकारसँग सम्बन्धित सम्पूर्ण अधिकारहरुको प्रत्याभूतिप्रति वर्तमान सरकारले प्रतिवद्धता जनाएको छ ।

बालबालिकाहरुका लागि सुरम्य पारिवारिका–सामाजिक वातावरण निर्माण गर्न संघीय सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि सबै तहका सरकार, राष्ट्र सेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गरेको प्रधानमन्त्रीको भनाई छ ।

प्रधधानमन्त्रीले बाल दिवसको अवसरमा बालबालिकाहरुलाई विशेष आह्वान गर्दै भनेका छन्, ‘तपाईंहरु देशको सुदूर भविष्य हुनुहुन्छ । यसअघिको पुस्ताले लामो संघर्ष गरेर देशमा रहेको निरंकुश शासन हटाई जनतालाई नै सार्वभौमसत्ता सम्पन्न बनायो । तपाईंहरुको पुस्तालाई कस्तो देश चाहिन्छ, त्यसअनुरुपका परिकल्पना र कामको थालनी सरकारले गरिरहेको छ ।’

देशभित्र रहेका विकृति, पछौंटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पूर्खाले कल्पना गरे अनुरुप ‘सर्वे भवन्तु सुखीनः’ (सबै सुखी होउन्)को गन्तब्यमा पु¥याउन सरकार अग्रसर रहेको भन्दै प्रधानमन्त्रीलेसामाजिक न्याय र समनता सहितको विकासलाई राष्ट्रको आकाङ्क्षा बनाएको बताएका छन् ।

‘समृद्ध नेपाल सुखी नेपालीको यस आकाङ्क्षा मानव जातिको आकाङ्क्षा हो, हाम्रो देशको आकाङ्क्षा हो । र, यो तपाईंहरुको भविष्य हो । यसको सफलता तपाईंहरुको जीवनको सफलतासँग गाँसिएको छ । तपाईंहरुले आजको समयलाई सही सदुपयोग गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नुपर्छ । नकारात्मक र हानीकरक विचार, प्रबृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनु पर्छ । आउँदो पिंढीको सुन्दर भविष्य निर्माण गर्ने यस अभियानमा तपाईंहरुको सचेत सहभागिता रहनेछ भन्ने मेरो विश्वास छ’, प्रधानमन्त्रीको विश्वास छ ।

प्रधानमन्त्री ओलीले संसार अहिले कोभिड–१९ को महामारीबाट आक्रान्त भएको र यसले बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पर्दा यस वर्षको एसईई परीक्षामा प्रत्यक्ष संलग्नता जनाउन नपाए पनि दुःखी नहुन आह्वान गरो छन् ।

‘यस महामारीको सामना गरेर तपाईंहरुले जीवनको परीक्षा सफलतापूर्वक उत्तिर्ण गर्नु भएको छ । कोभिड–१९को महामारी बिरुद्ध सरकारले अघि बढाएका प्रयासले यस विपद्लाई परास्त गर्दै हामी हाम्रा बालबालिकाहरुको भविष्य सुरक्षित गर्ने छौं । संकटको यस घडीमा विद्यमान प्रणालीमा परेको नकरात्मक प्रभावलाई नयाँ सम्भावनाको द्वारसम्म पु¥याउनेगरि बालबालिकाका अधिकार र सुरक्षामा  सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज सबैमा आह्वान गर्दछु’, प्रधानमन्त्रीको आव्हान छ ।

विपदमा बाल अधिकारको सुनिश्चितता , हामी सबैको साझा प्रतिबद्धता भन्ने मुल नाराका साथ आज देश भर वाल दिवस मनाइदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित