कोभिड १९ ले उत्पादनमा युवालाई जवरजस्त लाग्न प्रेरणा जगायो

7
SHARES
15
VIEWS

कालीकोट । राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले कोभिड १९का कारण युवा शक्तिलाई जवरजस्त कृषि उत्पादनमा लाग्न प्ररेणा जगाएको बताउनु भएको छ ।

अहिले विदेशिएका युवाहरु ग्रामिण क्षेत्रमा भित्रिएका र तिनिहिरुका बारेमा स्थानिय सरकारले समन्वय गरेर सहकारी संस्थाहरु मार्फत लगानि गरेर भएपनि कृषि उत्पादनमा जोड दिनु पर्ने बताउनु भएको हो । यो समय भनेको अवसरको समय हो यहि समयमा कृषि उत्पादनमा लाग्ने हो भने कसैले पनि परनिर्भर हुने अवस्था नआउने ठोकुवा गर्नु भयो ।

हिमचुलि कृषि सहकारी संस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक समेत रहनु भएका नगर प्रमुख बरालले कृषिमा आत्म निर्भर बनाउनका लागि नगदे वालि तर्फ तरकारी खेति देखि रैथाने बालिको उत्पादन र पशुपालनका क्षेत्र नै अहिलेको पहिलो प्राथमिकतामा पर्ने बताउनु भयो । एक घर एक बाख्रा पालन गर्ने हो भने मासुको लागि समस्या नआउन दावि गर्नु भयो ।

अब हिमचुलि कृषि सहकारी संस्थाले स्थानिय ग्रामिण क्षेत्रका पछि परेका विपन्न वर्गका समुदायहरुका लागि कृषि उत्पादन गर्न लगानि गर्ने र सिप विकासका लागि स्थानिय तहले जिम्मा लिने हो भने त्यो सम्भब भएको बताउदै जिल्लालाइ मासु उत्पादनमा आत्मनिर्भर बनाउन ठुलो सम्भावना रहेको नगर प्रमुख बरालको भनाइ रहेको छ ।

कालीकोटका ग्रामिण क्षेत्रमा रोजगार नपाएर युवाहरु भौतारि रहेको अवस्थामा भैसि पालन,स्थानिय जातका कुखुरा पालन र व्यवसायिक तरकारी खेतिको लागि अग्रसर हुनु पर्नेमा वहाँको जोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित