सान्नि त्रीर्बेणीमा चट्याङ एकको मृत्यु ६ घाइते

7
SHARES
15
VIEWS

कालीकोट बैशाख,सान्नि त्रिर्बेणी गाउँपालीकाको मुम्रामा चट्याङ लागेर एक को मृत्यु भएको छ भने एकै घरका ६ जना घाइते भएका छन । असिना पानी संगै परेको चट्याङ लागेर गएको विहवार रेखा दर्जिको मृत्यु भएको छ ।

घाइते हुनेमा वर्ष २३ का धिरेन्द्र धमाइ वर्ष ९का आयुष दमाइ वर्षका ५ का निखील दमाइ वर्ष १६ का छत्र दमाइ वर्ष २१ गिता दजी र २१ वर्ष का हजुरा दमाइ रहेका छन । घाइतेको उपचार सामुदायीक अस्पताल रास्कोटमा उपचार पछी घर फर्केका छन सब पोष्टमाटमका लागी जिल्ला अस्पताल मान्म पुर्याइएको छ । घर मुली ब्यासी दमाइ भने सकुसल रहेको जनाइएको छ ।

घरमा चट्याङ खसेर भएको आग लागीले घर जलेल ध्वस्त भएको छ । गाउँपालीकाले आगलागीबाट पिडितको व्यवस्थापन गर्न पाल, कम्मल, भाडाकुडा दाल, चामल उपलब्ध गराएको गाउँपालीका अध्यक्ष डम्बर बहादुर शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार हिउदको सिजनमा घर लगाएर सकेपछी बिहिवार नै बिधिपुर्वक दर्जीको परिवार घर प्रबेस गरेको थियो ।

घरमा प्रबेस गरेकै दिनमा यस्तो घटना घटेपछी गाउँपालीकाले उनको घरमा टिन राख्न सहयोग गर्ने भएको छ । घटना पछी लगतै घटना स्थल पुग्नु भएका गाउँपालीका अध्यक्षले पिडित परिवारलाइ राहात हस्तान्त्रण गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित