आज देखि कालीकोट कोरोना मुक्त जिल्ला

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा फाटफुट रुपमा देखिएका कोरोना संक्रमितको संख्या शुन्य भएको छ ।

कालीकोटमा १ सय जनामा संक्रमित भेटिएकोमा आज सम्म १ सय जना निको भएर घर फर्केका छन । आज तिलागुफा नगरपालिकाको रांचुलिमा २० जनालाई निको भएर घर फर्के पछि जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य भएको जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटक महतले बताउनु भयो ।

वहाँका अनुसार हाल सम्म पिसिआर परिक्षणको संख्या ५ हजार ६सय ९० जना र आरडिटी परिक्षण २ हजार ८ सय २१ जना रहेको छ । जस मध्ये १ सय जनामा संक्रमण देखिएको थियो । जस्मा पछिल्ला समय (बुधबार) १ जनाको स्वाव संकलन गरिएकोमा नतिजा आउन बांकी रहेको महतले बताउनु भएको छ ।

पचालभरना बाहेक सबै स्थानिय तहमा कोरोना संक्रमित भेटिएको बताइएको छ । सोमबार उद्घाटन गरिएको कोभिड १९ विशेष अस्पतालमा असोज १ गते देखि उपचार शुरु हुने समेत जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित