कालीकोट । रास्कोट नगरपालिकामा बाढिपहिरोबाट पिडित भएका घरपरिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ ।
आज रास्कोट नगरपालिकाका बाढिपिडितहरुलाई खाद्यन्न राहत हस्तान्तरण गरिएको रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालले बताउनु भएको छ ।
वहाँका अनुसार यस अघि कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले हेलिकप्टर मार्फत ५० कुयन्टल चामल रास्कोट नगरपालिकालाई हस्तान्तरण गरेको थियो । कर्नालि प्रदेश सरकार र रास्कोट नगरपालिकाको समन्वयमा बालिनालि नष्ट भएका २ सय ८१ जना बाढिपिडित प्रति परिवारलाई एक बोराका दरले खाद्यन्न वितरण गरिएको हो ।
एक बोरा चामल वितरण गरिएको प्रवक्ता फर्सालले बताउनु भयो ।
रास्कोटमा बाढिपहिरोमा परि ५ जना वेपत्ता भएका थिए भने १ जनाको मृत्यु भएको थियो ।
Discussion about this post