पूर्णकालीन कार्यकर्तालाई पैसा दिने नेकपामा प्रस्ताव

7
SHARES
15
VIEWS

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्ता (होल टाइमर) लाई नियमित रूपमा आर्थिक सहयोग दिने एजेन्डा छलफलका लागि सचिवालयमा प्रस्तुत गरेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पार्टीले आर्थिक सहयोग दिने एजेन्डा पनि छलफलका लागि पेश गरिएको छ।
आइतबार भने मन्त्रिपरिषद पुनर्गठनकै एजेन्डामाथि सचिवालयमा छलफल भएको थियो। सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेजस्ता एजेन्डामाथि सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने सचिवालय बैठकमा छलफल हुनेछ।
‘केन्द्रीय कमिटी सदस्यलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने एजेन्डा पनि छलफलका लागि राखिएको छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पूर्णकालीन कार्यकर्ता तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिष्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो।’
प्रदेश जिल्ला वा त्योभन्दा तलको हकमा सम्बन्धित कमिटीहरूले नै आर्थिक सहयोग दिने वा नदिने भन्नेबारे छलफल गर्नेछन्। तर केन्द्रीय सदस्यका लागि भने सचिवालय बैठकले छलफल गर्न लागेको हो। ‘सचिवालयले केन्द्रीय कमिटी सदस्यका हकमा के गर्ने भन्नेबारे पनि छलफल गर्ने कार्यसूची तय गरेको छ,’ उनले भने।
यस्तै कोरोना महामारी रहेकोले संघीय संसदका सांसद बैठक भत्ता के गर्ने भन्नेबारे पनि सचिवालयले छलफल गरी निर्णय लिने श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित