कालीकोटमा साढे आठ हजार टर्किका ओखरको विरुवा

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,जिल्लामा पहिलो पटक टर्किबाट उन्नत जातको ओखरको विरुवा कालीकोट ल्याइएको छ । कृषि विकास कार्यालय कालीकोटको सहयोगमा ओखरको विरुवा कालीकोटका ग्रामिण क्षेत्रमा वितरण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बहादुर बस्नेतले जिल्लाका रास्कोट नगरपालिका,शुभकालिका,नरहरिनाथ,सान्नित्रिवेणि गाउँ पालिकामा च्याण्डलर जातको विरुवा तिरण गरिएको बताउनु भएको छ । वहांँका अनुसार टर्कि बाट समुद्रि सतह मार्फत ल्याइएको विरुवा कालीकोटका विभिन्न स्थानमा सहकारी तथा कृषक समुहहरुलाई वितरण गरिएको बताउदै समुद्रि सतहबाट एक हजार ६ सय मिटर उचाईमा उक्त विरुवा हुने समेत बताउनु भएको छ ।

पहिलो वर्ष आफुहरुले कृषकहरुलाई रास्कोटमा तिन हजार तिन सय, नरहरिनाथमा एक हजार तिन सय,शुभकालिकामा पांच सय र जिल्लाका अन्य स्थानिय तहमा गरी आठ हजार पांच सय र जिल्ला भित्र पाइने पुरानो जातको ओखरका विरुवा समेत वितरण भएको हुन । रास्कोट नगरपालिकामा दुई वटा सहकारी र समुह मार्फत तिन हजार तिन सय विरुवा वितरण गरिएको प्रमुख बस्नेतले बताउनु भएको हो । हिमचुलि कृषि सहकारी संस्था लि.ले कृषकहरुलाई नमुना कृषि फार्मका रुपमा उत्पादनका लागि च्याण्डलर जातका ओखरका विरुवा संगै नयाँ जातका विरुवा समेत वितरण गरिएको बताइएको छ ।

संस्थाका अध्यक्ष कालीबहादुर महताराले रास्कोट क्षेत्रका कृषकहरुलाई व्यवसायिक र व्लगका रुपमा प्रति सदस्य ३ देखि ४० विरुवा वितरण गरिएको बताउनु भएको छ । वहांले भन्नु भयो नयाँ जातको ओखर एक वर्ष भित्र फल्ने भएकाले कृषकहरुलाई नयाँ भएको हो । कृषकहरुले विगतका समयमा ओखर लगाउदै आएको भएपनि उन्नत जातको भएकाले माग अनुसार पुगाउन नसकेको बताउनु भएको छ।

जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख बस्नेतका अनुसार टर्कि बाट कालीकोट पुग्दा सम्मको लागत जोड्दा प्रति विरुवा नौ सय परेको समेत बताउनु भएको छ । कृषकहरुलाई भने कुनै पनि रकम संकलन नगरी दिइएको समेत बताउनु भएको छ । जिल्लामा भित्रिएका विरुवाहरु ९० लाख बराबरको रहेको बताइएको छ ।कालीकोट जिल्लामा विगत वर्ष झैं कृषि विकास कार्यालय मार्फत फलफुल पकेट कार्यक्रम,अर्गानिक तरकारी पकेट कार्यक्रम, स्याउ जोन लगाएतका कृषि आधुनिकिकरण कार्यक्रम गर्दै आएको छ ।विश्वमा कोरोना भाईरसका कारण देश बन्दाबन्दि भएका कारण विरुवा ढिलो पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित