पचालझरनाको खार्दुमा कृषकलाई प्रविधि हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको खार्दुमा कृषकहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ ।

जिल्ला स्थित गैरसरकारी संस्था हुरेण्डेक नेपालको सहयोगमा पचालझरना गाउँ पालिकाको वडा न. ३ खार्दुमा रहेको पुगेल्निमाइ पचालझरना जडिबुटी बहुउद्देश्य सहकारी संस्था लि.लाई करिव ६ लाख बराबरको कृषि सामाग्रि हस्तान्तरण गरिएको छ ।

हुरेण्डेक नेपालका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले पचालझरना गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो भने सो प्रविधि गाउँ पालिकाले वडा न. ३को सहकारीलाई हस्तान्ण गरेको हो । पचालझरना गाउँ पालिका प्रवक्ता तथा वडा न. ४का वडाध्यक्ष अनरुप रोकाया, वडा न. ३का वडाध्यक्ष लोकजंग कठायतको उपस्थितिमा संस्थालाई हस्तान्तरण गरिएको बताइएको छ ।

हस्तान्तरण गरिएका सामाग्रिहरुमा सेलार डायर ३ थान,स्याउ चाना मेसिन २० वटा,सिस्नु पाउडर मेसिन १० वटा, आलु फिक्चर मेसिन २० वटा र पोलि व्याग प्याकेजिं सामाग्रि २ वटा गरी ५० थान मेसिनारी सामाग्रि हस्तान्तरण गरिएको संस्थाका सल्लाहकार तुलराज कठायतले जानकारी दिनु भएको छ । वहांका अनुसार प्रवक्ता अरुप रोकाया र लोकजंग कठायतले यि सामाग्रिको भरपुर सहयोग गरी फाइदा लिनु पर्नेमा जोड दिनु भएको बताइएको छ ।

उक्त सहकारी संस्थाले यस अघि पचालझरनाको फेदी सम्म पुग्नका लागिसहितको ६सय मिटर रेलिंग पद मार्ग निर्माण गरेको थियो भने जिल्ला कृषि विकास कार्यालय कालीकोटको सहयोगमा सेलार स्टोर समेत स्थापना गरिएको बताइएको छ भने हुरेण्डेक नेपाल बाट रस्टिक स्टोर निर्माण गरिएको छ ।

उक्त स्टोरमा त्यहांका कृषकहरुले आलु,स्याउ लगाएतका कृषि वस्तुको दिर्घकालिन व्यवसायका लागि प्रयोग गर्न पाउने भएका छन । यि सामाग्रिहरुले कृषकहरुलाई राहत पुगेको बताइएको छ ।

हुरेण्डक नेपालले पचालझरना गाउँ पालिकाको पणेक्षामा हाइटेक नर्सरी स्थापना गरेको छ भने युवा उद्यमिहरुलाई सिप विकासका लािग भवन लगाएतका संरचना बनाउने योजना अघि सारेको छ । समुदाय तथा वातावरणिय क्षेत्रमा सहयोग गरेकोमा हुरेण्डेक नेपाललाई पचालझरना गाउ पालिका अध्यक्ष खडगराज सेजुवालले धन्यवाद दिनु भएको छ ।वहांले यि यस्ता सहयोगहरुलाई निरन्तर जारी राख्न समेत अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित