जुम्लामा हप्तामा ६ दिन लोडसेडिङ्ग

7
SHARES
15
VIEWS

जुम्ला । विद्युत प्राधिकरणले जिम्मा लिएपछि  जिल्लामा विद्युत अनियमित हुंदै गएको छ । पछिल्लो समय हप्तामा एक मात्र विद्युत सुचारु हुंदा स्थानिय व्यवसायि तथा समुदायहरु मारमा परेका छन ।

जिल्लाको एकमात्र नगरपालिकामा लोडसेडिङ्ग बढेपछि स्थानीय उद्योग, कलकारखाना र व्यवसायमा प्रत्यक्ष असर परेको बताइएको छ । समुदायको माग बढ्दै गइरहेको अवस्थामा विद्युत उत्पादन भने न्युन हुंदै गएको छ । विद्युत उत्पादन क्षमता बिस्तारका लागि प्राधिकरणले थप नयां टरवाइन जडान गरेको भएपनि टरवाइनमा देखिएको प्राविधिक समस्याले विद्युत अनियमित बनेको प्राधिकरणले जनाएको छ ।

सदरमुकाम खलंगाको विद्युत आपूर्ति गतवर्षसम्म उपभोक्ता समितिले संचालन गरेको सानाविद्युत आयोजनाले धान्यो। एकवर्षअघि आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएपछि विद्युत अनियमित बन्दै गयो ।

अहिले हप्तामा मुस्किलले एक दिन, त्यो पनि थोरै घण्टा बिजुली देख्न पाइन्छ ।
यस अघि जुम्लाका सांसद गजेन्द्र महतले संघिय संसदमा कुरा उठाएपछि चनाखो बनेको विद्युत प्राधिकरण पछिल्लो समयमा भने झन समस्यामा अल्झिएको छ । एक वर्ष अघि विद्युत प्राधिकरणले तीन सय वाटको डिजेल प्लान्ट ल्याइएको भएपनि त्यो संचालनमै नआइ कालीकोट पठाइएको छ । जिल्ला स्तरबाट व्यापक गुनासो उठेपनि विद्युत सुधारमा प्राधिकरणको ध्यान नगएको प्रति जिल्ला बासि आक्रोसित भएक छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित