झुलाघाटमा पुलमुनि बाजुराका आठ भेटिए

7
SHARES
15
VIEWS

कैलालि/बैशाख,बाजुरा बुढीनन्द नगरपालिकाका आठ नेपाली भारतको सीमा झुलाघाटमा अलपत्र परेका छन्।

गत १८ गते नाका खोलेको सूचना पाएपछि १९ गते उनीहरु नेपाल फर्किन झुलाघाट आएका थिए। तर नाका नखुलेपछि ‘कल्भर्ट’ पुलमुनि बस्न थालेका थिए।

ती नेपालीहरू  चाउचाउ र बिस्कुट खाएर बसिरहेको खुलेको हो।

ती नेपालीहरू अलपत्र परेको थाहापाएपछि बाजुरा जिल्ला प्रशासन कार्यालयले उद्दार गर्न पहल थालेको छ। प्रशासनले गत आइतबार नै गृहमन्त्रालयलाई पत्र पठाएको हो।

‘आठ जना नेपालीहरू पुलमुनि बसिरहेको भन्ने कुरा आएको थियो,’ प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने, ‘उनीहरूको उद्दार गरी क्वारन्टाइनमा पठाइसकेको भन्ने कुरा आएको छ।’

अलपत्र पर्नेमा बुढीनन्द नगरपालिका ९ का रमेश रोकाया, शिव रोकाया, योगेन्द्र बोहरा, भीम बोहरा, काशी बोशरा, चन्द्र बोहरा, मन बहादुर बोहरा र वडा आठका धनराज बुढा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित