महिला हिंसा अन्त्यका लागि ‘राष्ट्रिय सामाजिक जागरण’ सञ्चालन गरिने

7
SHARES
15
VIEWS

काठमाडौं ।देशभर महिला हिंसाका घटनामा तिव्रता आएपछि   ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै सञ्चालन  गरिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै सञ्चालन गर्ने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले पाँच वर्षीया बालिका समेत बलात्कार हुने गरेको घटनाले लज्जाबोध गराएको उल्लेख गर्दै त्यस्ता जघन्य अपराधिक घटना हुनै नदिन राष्ट्रिय सामाजिक जागरण अभियान संचालन गर्ने सोच अघि सारिएको पनि स्पष्ट पारेका छन् ।

बिहीबार ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा उनले सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाई हुन नदिन, अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालयबीच सघन छलफल भइरहेको बताएका हुन् ।

त्यस्ता अपराधिक घटना हुन नदिन स्थानीय जनप्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुलाई पनि परिचालन गरेर अघि बढने मन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले सो अभियानका लागि कार्ययोजना बनाउने काम तत्काल सुरु गर्ने उल्लेख गर्दै आवश्यक सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाजका अगुवाहरु तथा सामाजिक संघ, संस्थालाई आग्रह गरेका छन् ।

मन्त्री गुरुङले कोभिडको महामारीपछि देशमा झनै हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको स्विकार गर्दै त्यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकार एकीकृत कार्ययोजनाका साथ अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

‘कोभिड–१९ सँगै सामाजिक अपराधका घटनाहरु बढेर गएको पाइएको छ’, मन्त्री गुरुङले भने, ‘त्यस्ता आपराधिक घटना हुन नदिन तीन वटै तहका सरकारले एकीकृत कार्ययोजना बनाई तत्काल लागू गर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित