ग्रामिण क्षेत्रमा देवि देवतामा छुवाछुत कायमै (तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,जिल्लाका विभिन्न धार्मिक क्षेत्रमा देवि देवतामा पनि दलित र गैरदलित विचमा समेत छुवाछुत हुने गरेको पाइएको छ । स्थानिय धार्मिक (माडु)मन्दिरहरुमा देखिने उक्त छुवाछुत अहिले पनि कायमै रहेको छ । गैरदलित पक्षका धामिहरुले दलित पक्षका धामि वा जो कोहीलाई टिका लगाउने तर दलित पक्षका धामिले भने फिर्ता लगाउन नपाईने देखिएको हो । त्यति मात्र होइन दलितले मान्दै आएका थान तथा माडु(मन्दिर)हरुमा अर्थात पुजा पाठ गर्ने क्षेत्रमा गैरदलितहरुले निर्वात रुपमा जान पाउने तर गैरदलितको मन्दिरहरुमा भने टाढै बस्नु परेको स्थानिय धामिहरुले बताएका छन ।

पचालझरना १ सिकुका धामी कर्ण तिरुवाले दलित भएकै कारण आफुहरुमा जातियताका आधारमा देविदेवता माथि समेत छुवाछुत रहेकोमा आपत्ति व्यक्त गरेका छन । उनका अनुसार आफुहरु विभिन्न थान तथा मन्दिरहरुमा धामि नाचमा बाहुन र क्षेत्रिका धामीहरुले आफुहरुलाई टिका लगाउन पाईने तर हामीले भने फिर्ता गर्न नपाईने देवतामा भन्दा पनि मान्छेले दलित भएकै कारण छुवाछुत गर्ने गरेको बताए । गैरदलित पक्षका धामिका रुपमा स्थापित अमरसिंह बोगटी भने त्यसका बारेमा देविदेवतामा दाजु भाई विच जस्तै जेठा कान्छा भएको र परम्परागत देखि चलि आएको चलनका कारण टिका (अक्षेता) नबांडिएको बताए उनले भने क्रमस चलन फेरवदल हुदै आएको बताउदै विगतमा दलित पक्षका धामिले पगरी र रुद्राक्ष लगाउन नपाईने चलन हटे जस्तै त्यो पनि हटेर जाने बताएका हुन ।

त्यसै गरी स्थानिय समाज सेवि तथा सरस्वति माविका प्रधानध्यापक शंकर न्यौपानेले भने विगतको तुलनामा क्रमस सुधार हुंदै आएको अहिलेको युवा पुस्तामा हटेको तर बुढा पाकाहरुमा कायम रहेको बताए । आफुहरुले विगतको तुलनामा जातिय छुवाछुतमा कयौं परिवर्तन ल्याएको बताएका छन । देवता भित्रको छुवाछुत हुने कुरा कहि कतै नभएको तर जातिय छुवाछुतको प्रभाव देवि देवता भित्र परेको हुन सक्ने न्यौपानेको भनाई रहेको छ ।
स्थानिय सामाजिक अगुवा तथा नेपाल कम्युनिष्ट पार्टीका नेता बर्म ऐडीले भने जवरजस्ति भएपनि दलितको धामिबाट आफुले टिका लगाउन आग्रह गरेको तर हातमा टिका दिने र लगाउन आंट नगरेको बताए । उनका अनुसार आफुले २०६४ सालमा दशैंको समयमा दलित संगको टिका जमारा लगाएको स्मरण गर्दै अहिले पनि अभियान जारी भएको बताउदै आफुले समानताको अवसर धामिहरुमा हुनु पर्नेमा जोड दिएको बताएका छन ।


यस सम्बधमा स्थानिय सरकारको भुमिका के हुन्छ भन्ने बारेमा पचालझरना गाउँ पालिका वडा न.२का वडा अध्यक्ष करविर विकले सरकारले जनेचतना मुलक कार्यक्रम गरेर जातिय विभेद जस्तै धार्मिक क्षेत्रमा भएको विभेदलाई क्रमश निरुत्साहित गर्ने योजना रहेको बताए ।उनले भने आफुहरुले धार्मिक क्षेत्रमा परम्परागत शैलिलाई आधुनिक शैलिमा रुपान्तरणका लागि अभियान संचालन गर्नेमा जोड दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित