कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतका तीन वटा सरकारी कार्यालयमा सिल

7
SHARES
15
VIEWS

विरेन्द्र नगर । सुर्खेतमा कोरोनाभाइरसको संक्रमणदर बढ्दै जाँदा कर्मचारीमा संक्रमण देखिएपछि तीन वटा सरकारी कार्यालय सिल गरिएको छ।

वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य ब्यांक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको हो। सेवाग्राहीको अत्यधिक भीड हुने ब्यांक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन्।

प्रदेश सभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने जनाएको छ।

कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य ब्यांक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो। बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटीएम सेवा भने सञ्चालनमा रहने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित