रास्कोट नगर अस्पताललाई ९ हजार वर्गमिटर जग्गादान,१५ सैयाको अस्पताल निर्माण हुने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकामा स्थापना हुने १५ सैयाको नगर अस्पताललाई रास्कोटका ८ जना स्थानियले जग्गादान गरेका छन । रास्कोट नगरपालिकालाई स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले १५ सैयाको अस्पताल निर्माणका लागि बजेट स्विकृत गरे संगै स्थानियले जग्गा दान गरेको बताइएको छ ।

रास्कोट नगरपालिकाले चालु आर्थिक वर्षमा १५ सैयाको अस्पाताल बनाउने छैटौ नगर सभाले निर्णय समेत गरेको नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । स्थानिय निर्वाचन ताका रास्कोट नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने चुनावि घोषणा पत्रको कार्यन्वयन भएको रास्कोट बासिले महसुस गरेका छन ।

उक्त नगर अस्पतालका लागि रास्कोट नगरपालिकाका वडा न. ५ निवासि रगुचन्द्र शाही,पशुविना,राइचुडा,पर्स शाही लगाएतका ८ जना स्थानियले आरसिपि बजारमा ९ हजार ३ सय १५ वर्ग मिटर जग्गा दान दिएको नगर प्रवक्ता टक्क फर्सालले बताउनु भएको छ ।
असोज १८ गतेको चलानि नम्बर २०९को पत्रानुसार देशभर ५ सैया अस्पतालका लागि ७० लाख,१० सैयाका लागि ८५ लाख र १५ सैयाको अस्पतालका लागि १ करोड बजेट विनियाजन सहित मन्त्रि स्तरको बैठकले निर्णय अनुसार देशभरका अस्पताल निर्माणको बाटो खुला भएको हो ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले साविकको कर्नालि अंञ्चलका जूम्लामा १ स्थानिय तहमा १० सैयाको अस्पताल बन्ने भएको छ भने कालीकोटको रास्कोट नगरपालिका मात्र रहेको छ भने हुम्ला जिल्लामा ३ वटा १५ सैयाका र एक १० सैयाको गरी ४ स्थानिय तह र मुगुमा २ स्थानिय तहमा १० र १५ सैया, डोल्पामा ३ स्थानिय तहमा ५,१० र १५ सैयाको अस्पताल बन्ने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले विवरण सार्वजनिक गरेको छ । देश भर २ सय ७४ स्थानिय तहमा ५,१० र १५ सैयाका अस्पताल निर्माण हुने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित